सुन तोलामा ७ सयले घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु ७०० ले घटेको छ ।
मङ्गलबार प्रतितोला रु १ लाख ८८ हजार ८०० मा कारोबार भएको पहेँलो धातु रु १ लाख ८८ हजार १०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
चाँदीको मूल्य प्रतितोला रु ५ ले घटेर १ हजार ९६५ कायम भएको छ । मङ्गलबार पनि सोही परिमाणको चाँदी रु १ हजार ९७० मा कारोबार भएको थियो ।

 

अन्तर्राष्ट्रिय बजारमा प्रतिऔँस सुन ३ हजार ३१० अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
You might also like

Comments are closed.