दराज नेपालद्वारा ५.५ बेस्ट प्राइस, बेस्ट डिल अभियानको घोषणा

काठमाडौं । दराज नेपालले ५.५ बेस्ट प्राइस, बेस्ट डिल अभियानको घोषणा गरेको छ । ७५ प्रतिशत सम्मको छुट, निःशुल्क होम डेलिभरी र १ करोड रुपैयाँ बराबरको भौचर सहितको यो विशेष अभियान बैशाख २२ देखि २६ गतेसम्म सञ्चालन हुने कम्पनीले जानकारी दिएको छ ।

अभियान अवधिभर ग्राहकले सिताफिल, ब्राण्डहाउस, ह्रोटो लगायत प्रतिष्ठित ब्राण्डका विभिन्न उत्पादनमा दैनिक फ्ल्याश सेल मार्फत सबैभन्दा कम मूल्यमा विशेष छुटहरू प्राप्त गर्न सक्नेछन् । यी सीमित अवधिका अफरहरू हरेक दिन अपडेट हुने हुँदा, मौकाको उचित फाइदा उठाउनका लागि दराज नेपालले दराज एपको फ्ल्याश सेल सेक्सन नियमित हेर्न ग्राहकलाई विशेष अनुरोध गरेको छ ।

साथै, बेस्ट प्राइस ट्याग सहितका उत्पादनहरू खोजेर अझ बढी बचत गर्न सकिने कम्पनीले विज्ञप्तिमार्फत जानकारी दिएको छ । यदि कुनै ग्राहकले सोही उत्पादनलाई नेपालकै अरु कुनै अनलाइन प्लेटफर्ममा निर्धारित भन्दा सस्तो मूल्यमा फेला पार्न सकिनेछ । सम्बन्धित सर्तहरू पूरा भएमा दराजले मूल्य अन्तरको दोब्बर रकम फिर्ता दिने बताएको छ ।

५.५ को अर्को विशेष पक्ष भनेको ग्राहकले न्यूनतम रु. ४९९ खर्च गरी चुनिएका विक्रेताबाट उपलब्ध गरिएका उत्पादनमा निःशुल्क डेलिभरी सुविधापनि प्राप्त गर्न सकिनेछ । यसका लागि दराज एपको होमपेजमा रहेको फ्रि डेलिभरी ब्यानरमा क्लिक गरी फ्रि डेलिभरी पेजबाट भौचर सङ्कलन गर्न सकिने बताइएको छ ।

यस अभियानमार्फत दराज नेपालले केवल छुट र बचत मात्र नभई, आफ्ना उपभोक्तालाई उत्कृष्ट अनलाइन किनमेल अनुभव प्रदान गर्ने उद्देश्य लिएको जनाएको छ । स्वास्थ्य तथा सौन्दर्य, फेशन, अडियो तथा वेरेबल्स, फर्निचर, घर सजावट लगायत थुप्रै उत्पादन श्रेणीमा आकर्षक अफरहरू अभियान अवधिभर उपलब्ध गराइनेछन् ।

 

 

 

 

 

You might also like

Comments are closed.