पोखरा । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड पोखरा शाखा कार्यालयले रक्तदान कार्यक्रम गरेको छ । कम्पनीको २५औँ वर्ष प्रवेशको अवसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ६१ युनिट रगत सङ्कलन भएको छ ।
गण्डकी प्रदेश प्रमुख सहदेव अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेश प्रमुख शम्भुप्रसाद मिश्र रहेका हुन् । प्रदेश प्रमुख मिश्रले नेपाल लाइफले रक्तदान कार्यक्रम गरेकोमा धन्यवाद दिएका छन् । उनले आगामी दिनमा पनि यस्तै सामाजिक कार्यमा जोड दिन अनुरोध गरेका छन् ।
कार्यक्रममा प्रादेशिक रक्तसञ्चार केन्द्र प्रमुख अर्जुन ज्ञवाली, आकस्मिक रक्तदान केन्द्र पोखराका व्यवस्थापक हरिचन्द्र शर्मा, चेम्मर अफ कर्मशका अध्यक्ष उमराज वास्तोला, निप्स चेप्टर अध्यक्ष बद्री पौडेल, आकस्मिक रक्तदान युनिट संयोजक नेत्रप्रसाद ढकाल, पेशागत बिमा अभिकर्ता संघ पोखरा शाखा समिति अध्यक्ष दीपकप्रसाद पराजुली, पेशागत अभिकर्ता संघ गण्डकी प्रदेशका सदस्य निलकण्ठ उपाध्याय (असिम), पोखरा शाखा समिति सदस्य, विभिन्न वित्तीय संस्थाका प्रमुख, पत्रकार लगायत सहभागी थिए ।
कार्यक्रममा नेपाल लाइफ पोखरा शाखा प्रमुख उपेन्द्र तिमिल्सिनाले सामाजिक कार्यमा संस्थाले प्राथमिकता दिएर विभिन्न कार्यक्रम गरेको जानकारी दिए । कार्यक्रम सञ्चालन पेशागत बिमा अभिकर्ता संघका केन्द्रीय सदस्य दामोदर सापकोटाले गरेका हुन् ।
Comments are closed.