नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा हुने नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलामा नेपाल डेरी एसोसिएसनले पनि संस्थागत रुपमा प्रतिनिधित्व गर्नेछ । मेलामा राष्ट्रिय र अन्तर्राष्ट्रिय उत्पादनहरु रहनेछन् ।
एसोसिएसनले बिगतका वर्षमा पनि मेलामा सहभागीता जनाउँदै आइरहेको छ । एसोसिएसनको तर्फबाट एउटा स्टल रहन्छ । त्यस स्टलमा दूध र दुग्धजन्य पदार्थ राखिनेछ । अवलोकनकर्तालाई मेलामा मोही, चीज मःमः, आइसक्रिम लगायत दूध र दुग्धजन्य पदार्थबाट तयार पारिएका परिकार प्रदर्शनमा रहन्छन् ।
नेपाली डेरी क्षेत्र झल्किने खालका स्टल एसोसिएसनको हुनेछ । मेलामा कृषिसँग जोडिएका धेरै स्टल राख्ने तयारी छ । स्वदेशी उत्पादनलाई खपत गर्ने र निर्यातबारे जानकारी गराउनेछ । यस्ता मेलाले विदेशबाट प्रतिनिधित्व गर्दा स्वदेशी उत्पादनलाई विदेश निर्यात गर्न सहज हुनेछ ।
काठमाडौंको भृकुटीमण्डपमा यही बैशाख २५ देखि २९ गतेसम्म हुने व्यापार मेलाले व्यवसायीलाई प्रत्यक्ष फाइदा पुग्नेछ । बजारीकरणको लागि सघाउ पुग्दछ । यस्ता खालका व्यापार मेलाले व्यवसायी र उपभोक्तालाई प्रत्यक्ष जोडिने अवसर दिनेछ ।
मेला अवधीभर स्टलमा आएर ग्राहक तथा उपभोक्ता या जोसुकैले दूध र दुग्धजन्य क्षेत्रका विषयमा लागेका जिज्ञासा अथवा व्यवसायसँग सम्बन्धी जानकारी लिन सक्नुहुनेछ । हामीले उपभोक्ता, अवलोकनकर्ताले राखेको जिज्ञासा मेटाउनेछौँ । व्यापार मेला अवलोकन गरेर नयाँ कुरा सिक्न एसोसिएसनको अनुरोध छ ।
Comments are closed.