विराटनगरमा बजाज ग्राण्ड एक्सचेन्ज मेला, थप १० हजार सम्मको अतिरिक्त भ्यालुएसन

विराटनगर । बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द्र एण्ड कम्पनी प्रालिले ‘बजाज ग्रान्ड एक्सचेन्ज मेला’ योजना ल्याएको छ ।

कम्पनीले यही बैशाख २६ देखि ज्येष्ठ १ गतेसम्म महाबिर चोक (धरान रोड), विराटनगरमा आयोजना हुने यस मेलामा ग्राहकले नागरिकताको आधारमा मात्र बजाजको बाइक किन्न सक्नेछन् । शुन्य प्रतिशत सर्भिस चार्ज, अन द स्पट फाइनान्स, थप रु. १० हजार सम्मको अतिरिक्त भ्यालुएसन, निःशुल्क एक्सेसोरिज र ‘खुशीको मिटर’ योजनाअन्तर्गत नगद र उपहार जित्ने अवसर पाउने कम्पनीले जनाएको छ ।

यस पटकको एक्सचेन्ज मेलामा ग्राहकको पुरानो बाइकको उचित र उच्च मूल्याङ्कन गर्न काठमाडौंबाट विशेष भ्यालुएटरको आगमन भएको छ । अनुभवी भ्यालुएटरले ग्राहकको बाइकको न्यायोचित मूल्याङ्कन गरी थप रु. १० हजार सम्मको बोनस भ्यालुएसन दिने जनाइएको छ ।

यसअघि मोटरसाइकल खरिद गर्दा हुने झन्झटिलो प्रक्रिया, जस्तैः घर जग्गाको लालपुर्जा, पानी वा बिजुलीको बिल, आयस्रोतको सर्टिफिकेट लगायतका कागजातको आवश्यकतालाई यो योजनाले पूर्ण रूपमा हटाएको छ । किस्ताबन्दीमा किन्न चाहने ग्राहकले १ घण्टाभित्रै ऋण पास गरेर सरल फाइनान्समार्फत् यो सुविधा पाउनेछन् ।

विराटनगरको महाबिर चोकमा आयोजना हुने ‘बजाज ग्रान्ड एक्सचेन्ज मेला’ नेपालको बृहत् मोटरसाइकल एक्सचेन्ज योजना हो । यस योजना अन्तर्गत ग्राहकले आफ्ना पुराना बाइकको उच्चतम् भ्यालुएसन प्राप्त गरी बजाजका नयाँ मोडेलहरू सजिलै किन्न पाउनेछन् । साथै, ‘खुशीको मिटर’ अन्तर्गत उत्सुक ग्राहकले नगद र उपहार जित्ने मौका छ ।

You might also like

Comments are closed.