पोखरा । पोखरा पर्यटन परिषदले नेपाल पर्यटन बोर्ड सदस्यमा पोखराका पर्यटन व्यवसायीको प्रतिनिधित्व गराउन अनुरोध गरेको छ ।
परिषदले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेयलाई पत्राचारमार्फत बोर्डको हाल रिक्त हुन लागेका कार्यकारी बोर्ड सदस्यमा पर्यटन व्यवसाय सञ्चालन गरिरहेका व्यवसायी मध्येबाट पोखराको प्रतिनिधित्व सुनिश्चित्तताका लागि आवश्यक पहल तथा निर्णय गरिदिन मन्त्री पाण्डेयलाई अनुरोध गरेको हो ।
६ खर्ब भन्दा बढी निजि क्षेत्रबाट लगानी रहेको पोखराबाट नेपाल पर्यटन बोर्डमा प्रतिनिधित्व छैन । देशकै पर्यटकिय राजधानीको रुपमा घोषणा भइसकेको पोखरा क्षेत्रबाट नेपाल पर्यटन बोर्डको हाल रिक्त हुन लागेका कार्यकारी बोर्ड सदस्यमा पोखरामा नै प्रत्यक्ष लगानी गरेका पर्यटन व्यवसायीलाई समावेश गर्न पोखरा पर्यटन परिषदको आग्रह छ ।
विश्व पर्यटन बजारमा नेपालको पोखरा शहर स्थापित भइसकेको अवस्थामा पोखरालाई पर्यटनको राजधानी समेत घोषणा भइसकेको छ । पर्यटनको राजधानी स्थापित गर्न आवश्यक पुर्वशर्तको व्यवस्थापन गर्नुपर्ने आवश्यकता रहेको मन्त्री पाण्डेयलाई अवगत गराइएको छ ।
नेपालको पर्यटकिय राजधानी पोखराले यतिबेला पोखरा भ्रमण वर्ष २०२५ समेत घोषणा गरी विभिन्न कार्यक्रमहरु अगाडी सारेको छ ।
Comments are closed.