प्रधानमन्त्री कप भलिवल प्रतियोगितामाको स्ट्रेन्थ पार्टनरमा शिवम् सिमेन्ट

काठमाडौं । प्रधानमन्त्री कप भलिबल प्रतियोगिताको स्ट्रेन्थ पार्टनरको रुपमा शिवम् सिमेन्टले सहकार्य गर्ने भएको छ । यहि जेठ ८ देखि १५ गतेसम्म नेपाल भलिबल संघद्वारा पोखरामा आयोजना हुन लागेको 9th PM CUP – NVA WOMEN’S/MEN’S VOLLEYBALL LEAGUE – 2082 मा शिवम् सिमेन्ट लिमिटेड स्ट्रेन्थ पार्टनरको रूपमा सहकार्य गर्ने भएको हो ।

राष्ट्रिय खेलको प्रवद्र्धन र समर्थन गर्ने दीर्घकालीन उद्देश्य अनुरूप शिवम् सिमेन्टले यस प्रतियोगितामा सहकार्य गर्न लागेको छ । हालै काठमाडौंमा सम्पन्न कार्यक्रममा नेपाल भलिबल संघका तर्फबाट महासचिव रोशन श्रेष्ठ र शिवम् सिमेन्टका तर्फबाट सेल्स एण्ड मार्केटिङका भि.पि.निखिल अग्रवाल बीच सहकार्य सम्झौतामा हस्ताक्षर भएको छ ।

शिवम् सिमेन्टले यसअघि भलिवल नेपालको राष्ट्रिय खेल भइसकेपछि यसको प्रवद्र्धन गर्न विभिन्न गेममा सहकार्य गर्दै आइरहेको छ । जसअन्र्तगत शेरबहादुर स्मृति प्रतिष्ठानद्वारा सञ्चालित महिला भलिबल कप प्रायोजन, न्यू डाइमण्ड एकेडेमीको टिम प्रायोजन, एभरेष्ट भलिवल लिग अन्र्तगत कर्णाली यशविस टिम प्रायोजन लगायतका विभिन्न राष्ट्रिय तथा स्थानीय स्तरका खेल कार्यक्रमहरूमा समेत प्रायोजन तथा सहकार्य गर्ने गरेको छ ।

9th PM CUP – NVA WOMEN’S/MEN’S VOLLEYBALL LEAGUE – 2082  यहि जेठ ८ देखि जेठ १५ गतेसम्म पोखरा रंगशालाको कभर्ड हलमा आयोजना हुने छ । जहाँ प्रत्येक खेलमा करिब ३ हजारदेखि ४ हजारसम्म दर्शकको उपस्थिति रहने नेपाल भलिबल संघले जनाएको छ । प्रतियोगितामा कुल १४ टिमहरु सहभागि हुनेछन्, जसमा ६ महिला टिम र ८ पुरुष टिमबीच प्रतिस्पर्धा हुनेछ ।

शिवम् सिमेन्टले नेपाली खेलकुदको समग्र विकासमा निरन्तर साथ दिँदै आएको छ । भलिबल, क्रिकेट, फुटबल, म्याराथनजस्ता लोकप्रिय खेलकुद कार्यक्रममा बिगतका वर्षदेखि निरन्तर सहभागिता जनाउँदै आएको छ । आगामी दिनमा पनि यस्ता गतिविधिमा थप सहकार्य गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

You might also like

Comments are closed.