काठमाडौं । काठमाडौं उपत्यकाका बासिन्दाको खानेपानीको प्रमुख स्रोत पहिलेदेखि नै भूमिगत पानी रहेको छ । उपत्यकाका हरेक कुनामा ढुङ्गेधारा, इनार र कुवाहरू जस्ता प्राकृतिक पानीका स्रोतहरू देख्न सकिन्छ । तर गत दुई दशकदेखि अत्यधिक भूमिगत पानी निकाल्ने, अव्यवस्थित भवन निर्माण र सडक निर्माणले उपत्यकामा भूमिगत पानीको स्तरमा उल्लेखनीय कमी आएको छ ।
छोटो अवधिमा अत्यधिक वर्षा हुने र वर्षाको प्रणालीमा आएको परिवर्तनले पनि भूमिगत पानी पुनर्भरणको प्राकृतिक प्रक्रियामा असर पारेको छ । यी समस्यालाई सम्बोधन गर्न र कृत्रिम भूमिगत पानी पुनर्भरण पहलमार्फत भूमिगत पानीलाई पुनर्भरण गर्न, शहरी पानी व्यवस्थापनमा सार्वजनिक/निजी/साझेदारी (पिपिपि) मोडेल प्रदर्शन गर्दै, बोटलर्स नेपाल लिमिटेड (बिएनएल) र सेन्टर फर इन्टिग्रेटेड अर्बन डेभलपमेन्ट (सीआइयुडी) ले २०८१ मा काठमाडौं महानगरपालिकाको वडा नम्बर २२ र २५ मा भूमिगत पानी पुनर्भरण परियोजना कार्यान्वयन गरेको छ ।
छनौट गरिएका स्थानमा भूमिगत पानीको स्तर बढाउने, कम लागतको भूमिगत पानी पुनर्भरण प्रविधिको प्रदर्शन गर्ने र स्थानीय सरकार र समुदायलाई यस्तै उद्देश्य दोहो¥याउन र बढाउन प्रेरित गर्ने प्रमुख उद्देश्यका साथ, यस परियोजनाले वडा २५ मा ६ र वडा २२ मा ५ पुनर्भरण प्रणालीहरू स्थापना गरेको छ । प्रत्येक प्रणालीमा एउटा पुनर्भरण कुवा र एउटा फिल्टर चेम्बर रहेको छ । कुवाको औसत गहिराई २० फिट रहेको छ ।
परियोजना सफलतापूर्वक सम्पन्न भएपछि, सीआइयुडी र बिएनएलले संयुक्त रूपमा काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल, वडा सदस्यहरु र स्थानीय समूहको उपस्थितिमा वडा २२ र वडा २५ का अध्यक्षलाई भूमिगत पानी पुनर्भरण प्रणालीहरू हस्तान्तरण गरे । सो अवसरमा उपप्रमुख डंगोलले काठमाडौंमा पानी रिचार्जको आवश्यकता भएकोले हामी काठमाडौंका धेरै क्षेत्रमा पानी रिचार्ज प्रणालीका लागि सीआइयुडी र बोटलर्स नेपालसँग काम गरिरहेकाले यसका सकारात्मक प्रभावहरू पनि देखिरहेको बताइन् । काठमाडौंको मुख्य क्षेत्र मानिने वडा नं २२ र २५ मा यो परियोजना कार्यान्वयन गर्न सक्षम भएकोमा उत्साहित भएको उनी बताउँछिन् ।
यी प्रणालीले वार्षिक रूपमा लगभग ८,६२४ किलो लिटर पानी पुनर्भरण गर्न मद्दत गर्ने र त्यसद्वारा हस्तक्षेप क्षेत्रको भूमिगत पानीको तहलाई स्थिर पार्ने अनुमान गरिएको छ । परियोजना वडा २२ र २५ का दुवै सदस्यसँग निकट सहकार्यमा कार्यान्वयन गरिएको थियो । संकटा क्लब, ग्वाहाली दाबु, आर्यावलोकितेश्वर जस्ता विभिन्न सुधार समूह, केल अचाजु गुठी र मछिन्द्र क्लब जस्ता महत्वपूर्ण समुदायिक समूहले पनि परियोजनामा आफ्नो महत्वपूर्ण योगदान गरेका थिए ।
काठमाडौं महानगरपालिकाको वडा नम्बर ३ को रानीबारी, ठिमी नगरपालिकाको युसिइपि, ललितपुर महानगरपालिकाको लगनखेलको राजदल आर्मी ब्यारेक र काठमाडौं महानगरपालिकाको वडा १६ को बालाजु पार्कमा यो परियोजना सफल कार्यान्वयन हुनु बोटलर्स नेपाल लिमिटेड, सीआइयुडी र वाटरएड नेपालको त्रिपक्षीय सहकार्यको निरन्तरता हो । यो साझेदारीले अघिल्ला परियोजनामार्फत वार्षिक रूपमा लगभग १,५६,००० किलो लिटर भूमिगत पानी पुनर्भरण गरिरहेको छ ।
नेपालमा कोका—कोला बेभरेजको विवरण
कोका—कोला बेभरेज नेपालले कोका—कोला, स्प्राइट, फान्टा र किन्ले जस्ता मुख्य उत्पादनहरू मार्फत देशभरका उपभोक्तालाई ताजगी दिन्छ । हजारौंलाई एक प्रणालीको रूपमा प्रभावित पार्छ । कम्पनीले वाटरएड नेपाल, सेन्टर फर इन्टिग्रेटेड अर्बन डेभलपमेन्ट (सीआइयुडी), स्मार्टपानी र सप्लायर्ससँग पानी संरक्षण, पानी पुनर्भरण र समुदायहरूको जीवनयापन सुधार गर्नका लागि नयाँ एकीकृत पानी व्यवस्थापन समाधानहरूमा काम गर्दछ, जसले कोकाकोलालाई पानी सकारात्मक कम्पनी बनाएको छ ।
राम्रो फोहोर व्यवस्थापनका लागि द कोकाकोला कम्पनीको विश्वव्यापी प्रतिबद्धताको हिस्साको रूपमा, कोकाकोला बेभरेज नेपालले २०३० सम्ममा बेचिने हरेक बोतल संकलन र पुनः प्रयोग गर्ने विश्वव्यापी मिशनलाई समर्थन गर्न डोको रिसाइक्लर्स र खालीसिसी जस्ता कम्पनीसँग काम गरिरहेको छ । सक्षम कार्यक्रममार्फत, कोकाकोला बेभरेज नेपाल र कोकाकोला नेपालले वित्तीय साक्षरता, आतिथ्यता र सरसफाई व्यवस्थापन, र डिजिटल वालेटको प्रयोगमा प्रशिक्षण प्रदान गरेर ३००० भन्दा बढी महिला खुद्रा व्यापारीलाई सशक्तिकरण गरिरहेका छन् । कोकाकोला बेभरेज नेपाल देशभरका समुदायको जीवनमा सकारात्मक परिवर्तन ल्याउन स्थानीय स्तरमा सान्दर्भिक पहलमा निरन्तर संलग्न छ ।
सी आइ यु डीको विवरण
कोकाकोला बेभरेज नेपालसँग सहकार्यमा रहेको सेन्टर फर इन्टिग्रेटेड अर्बन डेभलपमेन्ट (सीआइयुडी) एक गैरसरकारी संस्था हो । जसले मानिस केन्द्रीत शहरी विकासलाई बढावा दिन्छ । यसले बस्न योग्य शहरका लागि समुदायमा आधारित, दिगो समाधानहरू खोज्छ र शहरी चुनौतीहरू सम्बोधन गर्न सरकारी प्रयासहरूलाई पूरक बनाउन नगरपालिकासँग सहकार्य गर्दछ ।
आफ्ना पहलको हिस्साको रूपमा काठमाडौं महानगरपालिका (के एम सी) ले विद्यार्थीलाई किताब बाहिरका कुराहरू बुझ्नका लागि ‘बुक फ्री फ्राइडे’ लागू गरेको छ । यसबाहेक ‘बालबालिका र वातावरण’ परियोजनाले के एम सी अन्तर्गतका समुदायमा आधारित विद्यालयका लागि ज्ञान बढाउने प्रयास पनि गरिरहेको छ ।
Comments are closed.