सप्तरी । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय कल्याणपुर, सप्तरीले विश्व वातावरण दिवसको अवसरमा विभिन्न फलफूलका विरुवा वितरण गरेको छ । संस्थामा आबद्ध महिला सदस्यलाई कृषिमा उद्यमी बनाउन खडक नगरपालिका–५ र ६ र शम्भुनाथ नगरपालिका–७ र ८ का ९९ घरधुरीमा आँप, लिची र कागतीका विरुवा वितरण गरिएको हो ।
शम्भूनाथ नगरपालिकाको–८ स्थित आधारभूत विद्यालयमा आयोजना भएको कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष इन्द्रकान्त चौधरीले समुदायमा फलफूलका विरुवा वितरण गरी कृषि उद्यममा सघाउ पु¥याएकोमा संस्थालाई धन्यवाद दिए । प्रधानाध्यापक विजयकुमार चौधरीले फलफूलका विरुवा वितरण कार्यले फलफूल खेतीमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
शाखा प्रबन्धक अनिलकुमार साहले संस्थाले कर्जा, बचत सेवा, सदस्यलाई आर्थिक तथा गैरआर्थिक सहयोग, उद्यमशीलता प्रवद्र्धनको क्षेत्रमा कार्य गर्दै आएको बताएका छन् ।
Comments are closed.