विलासिता कर खारेजको माग गर्दै सुनचाँदी व्यवसायीको विरोध प्रदर्शन

काठमाडौं । सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै सुनचाँदी व्यवसायीहरूले प्रदर्शन गरेका छन् । सुन हाम्रो व्यवसाय हो, विलासिता होइन’ भन्ने नारासहित व्यवसायीहरू काठमाडौंको न्युरोडमा प्रदर्शनमा उत्रिएका हुन् ।

सरकारले बजेटमार्फत सुनचाँदी गहनामा लागू गरेको २ प्रतिशत विलासिता कर र १३ प्रतिशत भ्याटविरुद्ध व्यवसायीहरू सडकमा आएका हुन्।

नेपाल सुनचाँदी व्यवसायी तथा कालिगड संघर्ष समितिको आयोजनामा गरिएको विरोध प्रदर्शनमा सहभागीहरू प्लेकार्ड बोकेर ‘विलासिता कर खारेज गर’, ‘कालिगडमाथि कर होइन, कदर गर’, ‘उपभोक्तामैत्री ऐन ल्याउ’ जस्ता नारा लगाउँदै आक्रोशित बनेका छन्।

 

You might also like

Comments are closed.