काठमाडौं । आईएमई हस्पिटालिटीका होटलमा एससिटी युपीआई कार्डका ग्राहकलाई विशेष छुट दिइने भएको छ ।
स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससिटी) र आईएमई हस्पिटालिटी बीच एससिटी युपीआई कार्डका ग्राहकलाई ग्रुप अन्तर्गतका होटेलमा १५ प्रतिशत सम्मको छुट हुने सम्बन्धमा सम्झौता गरिएको छ ।
यस सम्झौता पश्चात यही जुन १, २०२५ देखि डिसेम्बर ३१, २०२५ सम्म लाजिम्पाटस्थित होटेल ले हिमालय र साके एंड फेंग, तथा पोखरा स्थित लेकसाइड रिट्रिटमा एससिटी युपीआई कार्डका ग्राहकले कार्डबाटै भुक्तानी गरेमा फूड एंड बेभेरेज बिलमा तथा रुमको महसुल दरमा १५ प्रतिशत छुट पाउनेछन् ।
रुम महसुलमा छुट पिओएसमा हुने कारोबारमा मात्र उपलब्ध हुनेछ । एससीटीले हाल २१ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थामार्फत एससिटी युपीआई कार्ड जारी गर्दै आइरहेको छ । यो अफर मार्फत कार्डको अधिकतम प्रयोग गराउने र कार्डमार्फत नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्य रहेको छ ।
एससिटी युपीआई कार्ड नहुने ग्राहकले पनि यस अफरमा सहभागी हुनलाई आफ्नो नजिकैको बैंक तथा वित्तीय संस्थामा गएर एससिटी युपीआई कार्ड माग गरी कार्ड प्राप्त गर्न सकिनेछ ।
Comments are closed.