काठमाडौं । चीनको नम्बर १ व्यावसायिक गाडी ब्रान्ड फोटोनले आफ्नो नयाँ पिकअप गाडी फोटोन टुनल्यान्ड G7 नेपाली बजारमा डेब्यु गर्ने घोषणा गरेको छ। ‘बिल्ट फर हिमालयज’ नारासहित नेपाली भौगोलिक बनावट र कठिन हिमाली मार्गमा उत्कृष्ट प्रदर्शन गर्न सक्ने गरी यो गाडी डिजाइन गरिएको कम्पनीले जनाएको छ।
फोटोन, जसले चीनमै पहिलो अटोनोमस कमर्सियल भेहिकल सार्वजनिक गरेको गौरवशाली इतिहास बोकेको छ, आधुनिक प्रविधि र डिजाइनको निरन्तर विकासमा केन्द्रित रहँदै आएको छ। टुनल्यान्ड G7 पनि यस्तै नवीन प्रविधि र मजबुत संरचनाको उदाहरण हो।
१६० हर्सपावर, ३९० एनएम टर्क र २२५ मिमी ग्राउन्ड क्लियरेन्स
नेपालको पहाडी र हिमाली सडकलाई ध्यानमा राखेर टुनल्यान्ड G7 मा १६० हर्सपावरको इन्जिन र ३९० एनएम टर्क राखिएको छ। २२५ मिमी ग्राउन्ड क्लियरेन्सले यो गाडीलाई असहज उकालो–ओरालो तथा अप्ठ्यारा बाटाहरू सजिलै पार गर्न सक्षम बनाउँछ। साथै, हिल होल्ड कन्ट्रोल र हिल डिसेन्ट कन्ट्रोलजस्ता विशेषताले जोखिमयुक्त यात्रामा सुरक्षाको अनुभूति दिलाउँछन्।
स्मार्ट इन्टेरियर र यात्रुकेन्द्रित सुविधाहरू
टुनल्यान्ड G7 ले केवल शक्ति मात्र होइन, आराम र प्रविधिको संयोजन पनि प्रस्तुत गर्छ। १२.३ इन्चको इन्फिनिटी टच स्क्रिनले नेभिगेसन, मनोरञ्जन र कनेक्टिभिटी सहज बनाउँछ। हीटेड र भेन्टिलेटेड सिटहरू, १२ तरिकाले समायोजन गर्न मिल्ने इलेक्ट्रिक सिट, प्यानोरामिक सनरूफ, र स्वचालित एयर कन्डिसनिङ सिस्टमले लामो वा कठिन यात्रालाई पनि आरामदायी बनाउने वाचा गर्दछ।
नेपाली बजारका लागि विशेष डिजाइन
फोटोनको भनाइअनुसार टुनल्यान्ड G7 नेपालमा बिक्रीका लागि मात्र नभई, नेपालकै लागि डिजाइन गरिएको हो। चाहे दैनिक व्यवसायका लागि होस् वा विकेन्ड ट्रिपका लागि, टुनल्यान्ड G7 व्यवसायी, साहसी यात्री र परिवार सबैका लागि उपयुक्त छ।
फोटोन टुनल्यान्ड G7 नेपाली बजारमा मात्र अर्को पिकअप गाडी नभई हिमाली भावना र नेपाली यात्राको आवश्यकता अनुरूपको विश्वसनीय सहयात्रीका रूपमा आउन लागेको हो। अब यो शक्तिशाली, आधुनिक र आकर्षक पिकअप नेपाली उपभोक्ताका लागि उपलब्ध हुँदैछ – जसले शक्ति, सौन्दर्य, प्रविधि र सुरक्षाको पूर्ण संयोजन प्रदान गर्छ ।
Comments are closed.