मुस्ताङ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत मुस्ताङ जिल्लाको घरपझोङ गाउँपालिका–३ स्थित स्याङ आधारभूत स्वास्थ्य सेवा केन्द्रलाई अक्सिजन कन्सेन्ट्रेटर प्रदान गरेको छ।
एक कार्यक्रमका बीच बैंकको जोमसोम शाखाका प्रबन्धक टासी थकालीले स्वास्थ्य केन्द्रकी अनमी आशमाया परियार तथा वडा सदस्य वीरप्रसाद थकालीलाई अक्सिजन कन्सेन्ट्रेटर हस्तान्तरण गरेका हुन् ।
उक्त अवसरमा शाखा प्रबन्धक थकालीले सांग्रिला बैंकले प्रत्येक वर्ष विभिन्न संघ–संस्था तथा विद्यालयहरूमा स्वास्थ्य सामग्री, शैक्षिक सामग्री र छात्रवृत्ति प्रदान गर्दै आएको जानकारी दिदै आगामी दिनमा पनि यस्ता सहयोग निरन्तर रहने प्रतिवद्धता जनाए ।
अनमी परियारले अक्सिजन कन्सेन्ट्रेटर दम तथा निमोनियाका बिरामीहरूको उपचारमा महत्वपूर्ण हुने भन्दै यस सहयोगप्रति बैंकलाई आभार व्यक्त गर्नुभयो। साथै, आगामी दिनमा पनि स्वास्थ्य सेवा केन्द्रप्रति यस्तै सहयोगको अपेक्षा रहेको बताए ।
घरपझोङ गाउँपालिका–३ का वडा सदस्य थकालीले स्थानीय तहमा रहेका स्वास्थ्य संस्थाहरूको आवश्यकतालाई सम्बोधन गर्दै स्वास्थ्य सामग्री उपलब्ध गराएकोमा बैंकको योगदान महत्वपूर्ण रहेको धारणा राखे ।
सांग्रिला डेभलपमेन्ट बैंकले आम नागरिकको विश्वासका कारण हाल देशभर १०९ शाखा तथा ३० वटा एटीएममार्फत सेवा प्रदान गर्दै आइरहेको छ। संस्थागत सुशासन, जोखिम व्यवस्थापन तथा आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई अपनाउँदै आएको बैंकले आगामी दिनमा सेवा विस्तार गर्ने प्रतिबद्धता जनाएको छ।
Comments are closed.