पोखरा । मलेसियाली अटो ब्रान्ड प्रोटोनले पोखरामा शोरुम स्थापना गर्ने भएको छ । प्रोटोनको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले पर्यटनको राजधानी शहर पोखरामा शोरुम स्थापनाको तयारी गरेको हो ।
पोखराको बुद्धचोकमा छिट्टै शोरुमको औपचारिक शुभारम्भ हुने कम्पनीले जनाएको छ । पोखरा तथा आसापसका ग्राहकलाई लक्षित गरी कम्पनीले शोरुम स्थापना गर्न लागेको हो । जगदम्बा मोटर्स आफैले पोखरामा प्रोटोनको शोरुम खोल्न लागेको हो ।
विश्वप्रशिद्ध अटो ब्राण्ड प्रोटोन पोखरा तथा आसपासका क्षेत्रमा लोकप्रिय हुने कम्पनीले विश्वास लिएको छ । हालैमात्र नेपाली बजारमा भित्रिएको विद्युतीय गाडी ईमास७ ग्राहकले २० प्रतिशत डाउन पेमेन्टमा खरिद गर्न सक्नेछन् । ४.९९ प्रतिशत ब्याजदरमै यो गाडी किन्न सकिनेछ ।
प्राइम र प्रिमियम गरी दुई भेरिएन्टमा उपलब्ध प्रोटोन ईमास७ को मूल्य क्रमशः ५६ लाख ९९ हजार र ६७ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । प्रोटोन ईमास७ प्रोटोनको पहिलो विद्युतीय सवारी साधन हो । यो ग्लोबल मोड्युलर आर्किटेक्चर (जीएमए) प्लेटफर्ममा निर्माण गरिएको छ । यसमा १२–इन–१ इन्टेलिजेन्ट इलेक्ट्रिक प्रोपल्सन सिस्टम छ । नवीनतम सेल–टु–बडी (सीटीबी) ब्याट्री संरचना छ । नयाँ पुस्ताको एजिस शर्ट–ब्लेड ब्याट्री (लिथियम आइरन फस्फेट) छ ।
सुरक्षा र प्रदर्शनका लागि यसमा लेभल २ एडभान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम छ भने ३६० डिग्री भ्यु क्यामेरा, फाइभ स्टार एसियन एनक्याप सेफ्टी रेटिङ, १६० किलोवाट पावर र ३२० एनएम टर्क जेनेरेट गर्ने क्षमता छ भने यसलाई ० देखि १०० किलोमिटर प्रतिघण्टा पुग्न पुग्न ६.९ सेकेन्ड मात्र लाग्छ । १०० किलोमिटर प्रतिघण्टाबाट रोक्न ३५ मिटर ब्रेकिङ दूरी मात्र चाहिन्छ ।
प्राइम भेरिएन्टमा ४९.५२ किलोवाट आवरको ब्याट्री छ र यसले डब्लुएलटीपी अनुसार सिंगल चार्जमा ३४५ किलोमिटर रेन्ज दिन्छ । प्रिमियम भेरिएन्टमा ६०.२२ किलोवाट आवरको ब्याट्री छ र यसले डब्लुएलटीपी अनुसार सिंगल चार्जमा ४१० किलोमिटर रेन्ज दिन्छ । यसले डीसी फास्ट चार्जिङ सपोर्ट गर्छ र ३० प्रतिशतबाट ८० प्रतिशत चार्ज हुन २० मिनेट मात्र लाग्छ । १० मिनेट चार्ज गर्दा यसलाई १३५ किलोमिटर सम्म चलाउन सकिन्छ ।
यसको इन्टेरियरमा भेन्टिलेटेड सिटहरू छन् भने प्रशस्त लेगरुम रहेको छ । ३३ स्टोरेज कम्पार्टमेन्टहरू रहेको प्रोटोन ईमास७ ईभीमा वानोस प्रविधिसहितको १६ स्पिकर साउन्ड वेभ सिस्टम छ भने २५६ रङको एम्बियन्ट लाइटिङ छ, जुन यो सेगमेन्टकै सर्वश्रेष्ठ भएको कम्पनीको भनाइ छ । यसमा २.५ के रिजोल्युन सहितको १५.४ इन्चको टचस्क्रिन डिस्प्ले रहेको छ ।
जगदम्बाले काठमाडौंको नक्सालपछि पोखरामा शोरुम स्थापना गर्न लागेको हो । सर्भिस सेन्टर काठमाडौंको राधेराधे र बनस्थलीमा छ । बिक्रीसँगै बिक्री पछिको सेवालाई प्राथमिकतामा राखिएको कम्पनीले जनाएको छ ।
Comments are closed.