काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा सार्वजनिक गरेको छ। शुक्रबार साँझ बसेको बोर्ड बैठकले कक्षा १० को नतिजा सार्वजनिक गरेको हो।
यस वर्षको नियमित परीक्षामा सहभागी ४ लाख ३८ हजार ८९६ विद्यार्थीमध्ये ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन्। बोर्डका अनुसार उच्चतम ग्रेड ३.६ देखि ४ जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या ४८ हजार १७७ रहेको छ।
विभिन्न ग्रेडमा विद्यार्थीको विवरण यस प्रकार छ:
३.६ – ४.० जीपीए: ४८,१७७ जना
३.२ – ३.६ जीपीए: ८१,३८५ जना
२.८ – ३.२ जीपीए: ८९,१२४ जना
२.४ – २.८ जीपीए: ४८,४७९ जना
२.० – २.४ जीपीए: ४,१२६ जना
१.६ – २.० जीपीए: ८ जना
बोर्डले १२६ परीक्षार्थीको परीक्षा रद्द गरिएको जानकारी पनि दिएको छ।
सञ्चालन भएको एसईई परीक्षा चैत ७ गतेदेखि सुरु भएको थियो। नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धि (supplementary) तर्फ ६७ हजार ७१५ परीक्षार्थी सहभागी भएका थिए, जसअनुसार कुल परीक्षार्थी संख्या ४ लाख ९९ हजार १८३ पुगेको छ।
बोर्डले परीक्षा नतिजा आधिकारिक वेबसाइट र एसएमएसमार्फत हेर्न सकिने व्यवस्था मिलाएको छ। साथै, एसईईको नतिजा प्रकाशित भएसँगै विद्यार्थी, अभिभावक तथा शिक्षालयहरूमा खुसीको वातावरण छाएको छ।
Comments are closed.