बन्दिपुर केबलकारलाई आईपीओ निष्कासनको अनुमति, ५८ लाख कित्ता सेयर निष्कासन गर्ने

काठमाडौं । नेपाल धितोपत्र बोर्डले बन्दिपुर केबल कार एण्ड टुरिजम लिमिटेड लाई पहिलो पटक साधारण सेयर (IPO) निष्कासन गर्न अनुमति दिएको छ। बोर्डले असार १९ गते कम्पनीलाई स्थानिय बासिन्दा तथा सर्वसाधारणका लागि आईपीओ ल्याउन स्वीकृति दिएको हो।

कम्पनीले जारी पूँजीको २०.७०६७ प्रतिशत बराबरको सेयर सार्वजनिक गर्न लागेको हो। यसअनुसार, कम्पनीले कुल ५८ करोड ६० लाख रुपैयाँ बराबरको ५८ लाख ६० हजार कित्ता सेयर निष्कासन गर्ने तयारी गरेको छ।

यस आईपीओ मार्फत स्थानीय बासिन्दा र सर्वसाधारणले कम्पनीमा लगानी गर्न पाउनेछन्, जसले कम्पनीको पूँजी संरचना मजबुत बनाउन मद्दत गर्नेछ।

साथै, यो आईपीओले कम्पनीको पर्यटन तथा केबल कार व्यवसायलाई अझै विस्तार गर्न समेत टेवा पुर्याउने अपेक्षा गरिएको छ।कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड ले लिएको छ।

बन्दिपुर केबल कार एण्ड टुरिजम लिमिटेडले पर्यटकीय क्षेत्रमा सक्रियता बढाउँदै आएको र आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्दै आएको छ। कम्पनीले आईपीओ निष्कासनपछि अझ नयाँ पूर्वाधार विकास, सेवा विस्तार र पर्यटन प्रवर्द्धनमा थप लगानी गर्ने योजना बनाएको जनाएको छ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.