रामपुरमा फरक क्षमता भएका नागरिकलाई सहायता सामग्री हस्तान्तरण

रामपुर (पाल्पा) । पाल्पाको रामपुरमा फरक क्षमता नागरिकलाई सहायता सामग्री प्रदान गरिएको छ । फरक क्षमताका नागरिकको जीवनयापनमा थप सहजता प्रदान गर्नका लागि आवश्यकताको आधारमा यहाँका ५९ जनालाई सामग्री हस्तान्तरण गरिएको हो ।

रामपुर नगरपालिकाले अपाङ्गता क्षेत्र संरक्षण समितिको समन्वयमा १० वटै वडाका फरक क्षमताका नागरिकलाई सामग्री प्रदान गरेको छ । नगरपालिकाको सभाहलमा भएको कार्यक्रम अपाङ्गता क्षेत्र संरक्षण समिति रामपुरका संयोजक जगन्नाथ कंडेलको अध्यक्षतामा एक कार्यक्रम गरी सामग्री उपलब्ध गराइएको छ ।

नगर प्रमुख रमणबहादुर थापाले सामग्री हस्तान्तरण गर्दै अपाङ्गता भएका नागरिकको संरक्षण र जीवनयापनलाई थप सहज बनाउन नगरपालिकाले कार्यक्रम सञ्चालन गर्दै आएको बताए । सहायता सामग्रीले फरक क्षमता भएका व्यक्तिलाई थप आत्मबल प्रदान गर्ने उनले जनाए । फरक क्षमता भएका नागरिकमा पनि विशिष्ट किसिमको सीप एवं प्रतिभा रहेको बताउँदै नगर प्रमुख थापाले क्षमता अनुसारको सीपमुलक तालिम समेत सञ्चालन गरिने बताए ।

आफैले आफैलाई कहिल्यै कमजोर नसोच्न आग्रह सहित दैनिकीलाई आफ्नो क्षमता अनुसार कार्यमा व्यस्त बनाउन नगर प्रमुख थापाको अनुरोध छ । फरक क्षमता भएका भएका व्यक्तिको माग र आवश्यता बमोजिम यस वर्ष ह्विलचियर पाँच वटा, ईएर फोन तीन वटा, बैशाखी १० सेट, लौरी ३४ वटा र चस्मा सात वटा उपलब्ध गराएको अपाङ्गता क्षेत्र संरक्षण समिति संयोजक जगन्नाथ कंडेलले जानकारी दिए ।

नगरपालिकाबाट सहायता सामग्री वितरणको लागि विनियोजन भएको रु २ लाख रकमबाट सामग्री प्रदान गरिएको कंडेलले बताए । धेरै फरक क्षमताका नागरिक अझैपनि छुट्न पुगेको बताउँदै आवश्यता अनुसार प्राथमिकता निर्धारण गरेर आगामी वर्षमा थप काम गर्ने जनाए ।

फरक क्षमताका नागरिक तथा आफन्तजनलाई नगर प्रमुख थापा, उपप्रमुख बालकुमारी थापा, प्रवक्ता कपिलबहादुर खाँण, वडा नं. ५ का वडाध्यक्ष दुर्गाप्रसाद पोखरेल, वडा नं. १० का वडाध्यक्ष तोयानाथ सारु, वडा नं. ३ का वडाध्यक्ष दामोदर पाठक लगाएतको उपस्थितिमा हस्तान्तरण गरिएको हो ।

कार्यक्रम अपाङ्गता क्षेत्र संरक्षण समिति वडा नं. ३ का संयोजक गंगाबहादुर रानाको स्वागत र वडा नं. ७ का संयोजक मनोज भुजेलको सञ्चालनमा कार्यक्रम भएको हो ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.