काठमाडौं । नेपाल उद्योग परिसंघको नयाँ कार्यसमिति निर्वाचित भएको छ । परिसंघको अध्यक्षमा वीरेन्द्रराज पाण्डे चयन भए । परिसंघको २२औं वार्षिक साधारण सभाले पाण्डेलाई अध्यक्ष चयन गरेको हो । यसअघि वरिष्ठ उपाध्यक्ष रहेका पाण्डे परिसंघको विधान अनुरुप स्वतः अध्यक्षमा चयन भएका हुन् ।
यसैगरी निर्वाचित राष्ट्रिय परिषद सदस्यहरुबाट सर्वसम्मत रुपमा ७ जना उपाध्यक्ष चयन भएका छन् । परिसंघको वरिष्ठ उपाध्यक्षमा निर्वाण चौधरी चयन भएका छन् । यस पटक वरिष्ठ उपाध्यक्ष निर्वाचित भएका चौधरी परिसंघको आगामी अधिवेशनबाट स्वतह अध्यक्ष चयन हुनेछन् । उनी चौधरी ग्रुपका कार्यकारी निर्देशक हुन् ।
परिसंघ अन्य उपाध्यक्षमा राजबहादुर शाह, हेम राज ढकाल, रोहित गुप्ता, अमित मोर, भीम घिमिरे र गोकुल भण्डारी सर्वसम्मत निर्वाचित भएका छन् । यसैगरी परिसंघको स्थायी आमन्त्रित सदस्यमा सन्दिप शारडा, विदूषी राणा र प्राची अग्रवाल मनोनित भएका छन् ।
नवनिर्वाचत अध्यक्ष वीरेन्द्रराज पाण्डेले उपाध्यक्ष एवं राष्ट्रिय परिषद् सदस्यहरुलाई सपथ ग्रहण गराएका छन् ।
Comments are closed.