शार्क ट्याङ्क नेपालमा हालसम्मकै ठूलो डिल, ‘वेद’मा ६ करोड लगानी

काठमाडौं । शार्क ट्यांक नेपालमा हालसम्मकै ठूलो डिल पक्का भएको छ । नेपालको स्टार्टअप तथा प्रविधि क्षेत्रमा शार्क हेमराज ढकालले ६ करोड रुपैयाँ लगानी गरेका छन् ।

शार्क ट्याङ्क नेपालको चौथो एपिसोडमा ‘वेद’ (Veda) शैक्षिक प्रविधि कम्पनी (स्कुल म्यानेजमेन्ट सिस्टम) ले ६ करोड रुपैयाँको लगानी प्राप्त गरेको छ । यो लगानीसँगै शार्क ट्यांक नेपालमा हालसम्मकै सबैभन्दा ठूलो डिल पक्का भएको हो ।

शोमा प्रस्तुत भएका ‘वेद’ सह–संस्थापक निर्देश द्वाले ६ करोडमा १० प्रतिशतको मात्रै डिमान्ड गरेका थिए । यद्यपि ६ करोडमा २० प्रतिशतको डिल फाइनल भएको छ ।

प्रविधिको माध्यमबाट नेपालको शिक्षालाई आधुनिक र प्रभावकारी बनाउने अभियानमा समर्पित वेडाले आफ्नो सेवा अन्तर्राष्ट्रिय बजारमा समेत विस्तार गर्ने तयारी गरेको दुवाले बताए ।

यो सम्झौता नेपाली एड–टेक क्षेत्रमा मात्र नभई सम्पूर्ण स्टार्टअप ईकोसिस्टमका लागि प्रेरणादायी मानिएको छ ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.