सिटी एक्सप्रेस मनि ट्रान्सफर १९औं वर्षमा प्रवेश

काठमाडौं । नेपाली मनी ट्रान्सफर क्षेत्रको अग्रणी संस्था सिटी एक्सप्रेस मनि ट्रान्सफरले स्थापनाको १९औं वर्षमा प्रवेश गरेको छ । ‘जहाँ नेपाली, त्यहाँ सिटी एक्सप्रेस’ नारासँगै कम्पनीले विगत १८ वर्षको सफल यात्रा पार गरेको छ ।

१९औं वर्षमा प्रवेश गरेको अवसरमा कम्पनीले ग्राहक, साझेदार र सम्बन्धित सबैलाई हार्दिक आभार प्रकट गरेको छ ।

कम्पनीका संस्थापक तथा प्रवन्ध निर्देशक चन्द्र टण्डनले विशेष सन्देशमार्फत सम्पूर्ण ग्राहक, व्यावसायिक साझेदार, नेपाल राष्ट्र बैंक, नेपाल सरकार तथा कर्मचारीहरूलाई सफल यात्राको हिस्सा बनेकोमा धन्यवाद व्यक्त गर्दै आगामी दिनहरूमा पनि विश्वास र साथ निरन्तर रहने अपेक्षा गरेका छन् ।

नेपालभित्रै मात्र होइन, विश्वका विभिन्न देशमा बसोबास गर्ने नेपालीहरूलाई सस्तो, छरितो र भरपर्दो सेवा दिँदै आएको सिटी एक्सप्रेसले मनि ट्रान्सफर सेवा मार्फत लाखौं नेपालीको जीवन जोड्न महत्वपूर्ण भूमिका खेलेको उनले बताए ।

वार्षिकोत्सवको अवसरमा कम्पनीले आगामी दिनहरूमा थप नवप्रवर्तन, डिजिटल सेवा विस्तार र ग्राहक सन्तुष्टिमा केन्द्रित रहेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.