काठमाडौं । ब्रिटिस काउन्सिलले दक्षिण एसियाका अंग्रेजी शिक्षकका लागि तीन दिनको निःशुुल्क अनलाइन कन्फ्रेन्स आयोजना गरेको छ । यही जुलाई १७ देखि १९ तारिख सम्म हुन लागेको साउथ एसिया टिचिङ इङलिस अनलाइन कन्फ्रेन्स २०२५ मा सहभागी भई व्यवसायिक विकासको अनुभव हासिल गर्न नेपालभरका शिक्षकलाई आमन्त्रण गरिएको छ ।
निःशुल्क सहभागी गराइने तीन दिनको यो विशेष अनलाइन इभेन्ट प्राथमिक र माध्यमिक तहमा अंग्रेजी बिषय अध्यापन गराउने शिक्षक र शिक्षा क्षेत्रका व्यवसायिक व्यक्तिका लागि तयार पारिएको हो । अनलाइन कार्यक्रममा अंग्रेजी भाषा शिक्षणसँग सम्वन्धित केही महत्वपूर्ण सवाललाई सम्बोधन गर्ने सत्रहरु (सेसन) समावेश गरिएका छन् ।
‘शिक्षकको व्यवसायिक विकासका लागि सहयोग’ भन्ने बिषयसहित सम्मेलनमा विज्ञको नेतृत्वमा हुने ३ वटा प्यानल डिस्कसन समेत गरी ९ वटा सत्र सञ्चालन हुनेछ । ती सत्रमार्फत् शिक्षकले सबै विद्यार्थीलाई सहयोग गर्न समावेशी अभ्यास र अंग्रेजी भाषाको शिक्षणमा २१ औं शताव्दीको नयाँ सीपको समायोजन तथा डिजिटल प्रविधि र आर्टिफिसियल इन्टेलिजेन्स (एआइ) को प्रयोग गरी सिकाइ र शिक्षणलाई कसरी अभिवृद्धि गर्न सकिन्छ भन्नेबारे सिक्ने मौका पाउनेछन् ।
पहिलो विषयवस्तुुले समावेशी शैक्षिक अभ्यासबारे विस्तृतमा चर्चा गर्दै कक्षाकोठामा प्रत्येक विद्यार्थीले आफूूलाई महत्व दिइएको र सहयोग पाएको अनुुभव गर्ने वातावरण सृजनाका लागि आवश्यक रणनीतिबारे शिक्षकलाई अवगत गराउनेछ । त्यस्तै, दोस्रो बिषयवस्तुु अंग्रेजी भाषाको शिक्षणमा २१ औं शताव्दीका सीप जस्तैः विश्लेषणात्मक साँेच, सहकार्य र विश्वव्यापी नागरिक (ग्लोबल सिटिजनसीप) लाई एकीकृत गर्ने र बदलिंदो विश्व परिवेशमा विद्यार्थीलाई सहयोग गर्नेबारे केन्द्रित हुनेछ ।
अन्तिम बिषयवस्तुले भने शिक्षण र सिकाइको अभिवृद्धिमा डिजिटल प्रविधि र एआइको रुपान्तरणकारी भूमिकाबारे चर्चा गर्नुुका साथै विविधतायुुक्त कक्षाकोठालाई प्रभावकारी बनाउन शिक्षकहरुलाई नवीनतम् साधनयुक्त कसरी बनाउन सकिन्छ भन्नेबारे जानकारी दिनेछ ।सम्मेलनमा बंगलादेश, भारत, नेपाल, पाकिस्तान, श्रीलंका, बेलायत र ग्रीसका प्रतिष्ठित वक्ता तथा अभ्यासकर्ताले कक्षाकोठाभित्र प्राप्त हासिल गरेको दशकौंको अनुभव, प्राज्ञिक अनुुसन्धान र नवीनतम बिषयलाई प्रस्तुत गर्नेछन् ।
दक्षिण एसिया र त्यसभन्दा बाहिरबाट समेत प्रतिनिधि सहभागी हुने विविधतायुुक्त प्यानलले सहभागीलाई समावेशी शिक्षा, २१ औं शताव्दीको सीप र डिजिटल प्रयोगको अंग्रपंक्तिमा रहेर काम गर्दै अंग्रेजी भाषाको शिक्षणलाई नयाँ ढंगले परिभाषित गर्दै आएका अगुवाबाट सिक्ने मौका प्रदान गर्नेछ ।
क्षेत्रीय स्तरमा विद्यमान शिक्षण विधि र कक्षाकोठाको व्यवहारिक अनुुभवमा आधारित भई विज्ञहरुले सहभागीका लागि निकै उपयोगी तथा नवीनतम दृष्टिकोण, प्रयोगात्मक रणनीति र विश्वस्तरिय अवधारणासहित सान्र्दभिक व्यवसायिक सिकाइ प्रदान गर्नेछन्, जसले दक्षिण एसियाको सन्दर्भलाई सवल बनाउन मद्धत गर्नेछ ।
ब्रिटिस काउन्सिल दक्षिण एसियाका अंग्रेजी र विद्यालय शिक्षासम्बन्धी निर्देशक सराह रोजरसनले प्रविधि र विविधतासँगै रुपान्तरित शैक्षिक परिदृश्यमा प्रवेश गरेको बताए ।
Comments are closed.