गुरुङ ब्युटी पार्लर अब ललितपुरमा, साउन दोस्रो सातादेखि सेवा सुरु

काठमाडौं । पोखराको न्युरोडमा स्थापना भई सौन्दर्य क्षेत्रमा फरक पहिचान बनाउँदै आएको गुरुङ ब्युटी पार्लर एण्ड एकेडेमी प्रा.लि. ले आफ्नो सेवा विस्तार गर्दै ललितपुरको कुमारीपाटीमा नयाँ शाखा सञ्चालनमा ल्याउने भएको छ । आगामी साउन दोस्रो सातादेखि  सेवा सुरु हुने भएको छ ।

सौन्दर्य क्षेत्रको बेसिक तथा प्रोफेशनल तालिम सन्चालन गर्दै आएको यस एकेडेमीमार्फत फेसियल, नेल आर्ट, हेयर स्ट्रेट, थ्रेडिङ लगायतका सेवाहरु प्रदान गरिनेछ । साथै, विदेश जान इच्छुकका लागि विशेष प्रशिक्षण कार्यक्रम पनि उपलब्ध गराइनेछ ।

सौन्दर्यविद् चिनु गुरुङले करिब ३० वर्षको लामो अनुभवलाई आत्मसात गर्दै ललितपुर शाखा स्थापना गर्न लागेको बताइन् । पोखराको पृथ्वीचोक, भाटभटेनी, बगर, चिप्लेढुङ्गा, साथै तनहुँको दुलेगौंडामा समेत गुरुङ ब्युटी पार्लरका शाखाहरु सञ्चालनमा रहेका छन् ।

व्यवसायिक यात्रामा उनले धेरै महिलालाई उद्यमशील तथा आत्मनिर्भर बन्न प्रेरित गर्दै आएकी छिन् । पोखरामा सञ्चालनमा रहेका धेरै महिला तथा पुरुष ब्युटी पार्लरका संचालकहरू चिनु गुरुङकै प्रशिक्षण र मार्गदर्शनबाट प्रेरित भएर अघि बढेका हुन् ।

संचालक गुरुङका अनुसार समयको धैर्यता, निरन्तर संघर्ष र आत्मविश्वासले नै उनलाई यो सफलताको शिखरमा पुर्‍याएको छ ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.