सुनको मूल्य स्थिर हुँदा चाँदीको मूल्य घट्यो

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । आज सुनको मूल्य हिजो अर्थात् सोमबार बजारमा कायम मूल्यको आधारमा खरिद बिक्री भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । गत आईतबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ९२ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य तोलामा ४० रुपैयाँले घटेको हो । मंगलबार चाँदी प्रतितोला दुई हजार २७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.