लाखौँ रुपैयाँ घूस लिएको सार्वजनिक भएपछि मन्त्री गुप्ताद्वारा राजीनामा

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिएका छन् । गुप्ताले आज प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आफ्नो राजीनामा पत्र बुझाएका हुन् ।

हालै सार्वजनिक भएको श्रव्य सामग्रीमा मन्त्री गुप्ताले लाखौँ रुपैयाँ घूस लिएको भन्ने दाबी भएपछि उनी चर्को विवादमा तानिएका थिए । यस विषयमा चर्को आलोचना भइरहेका बेला गुप्ताले आफूमाथि लागेको आरोपको निष्पक्ष छानबिन होस् भनेर राजीनामा दिएको बताएका छन् ।

गुप्ताले “आफूमाथि लागेको आरोपको अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउन सहयोग पुगोस् भन्ने उद्देश्यले राजीनामा दिएको हुँ” भनेका छन् ।

मन्त्री गुप्ताले आफूलाई अहिलेसम्म सहयोग गर्ने सबैप्रति आभार प्रकट गरेका छन् । साथै, आगामी दिनमा पार्टीले दिएको जिम्मेवारी निष्ठापूर्वक पूरा गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।

उनको राजीनामाले सरकार र सत्तारूढ दलभित्र थप तरंग पैदा गरेको छ। विभिन्न राजनीतिक वृत्तमा मन्त्री गुप्ताको राजीनामालाई स्वागत गर्दै यस्ता घटनामा शून्य सहनशीलताको नीतिमा सरकार कति गम्भीर छ भन्ने प्रश्न पनि उठाइएको छ ।

Ask ChatGPT
You might also like
Ram Tulasi Palpa

Comments are closed.