आइएमई लिमिटेडलाई महत्वपूर्ण व्यावसायिक व्यक्ति (सीआईपी) सम्मान

काठमाडौं । आइएमई लिमिटेडले महत्वपूर्ण व्यावसायिक व्यक्ति (सीआईपी) सम्मान प्राप्त गरेको छ । कम्पनीका प्रवन्ध निर्देशक हेमराज ढकालले उक्त सम्मान ग्रहण गरे ।

बुधबार काठमाडौंमा आयोजित विशेष कार्यक्रमबीच प्रमुख अतिथि उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले सिआइपी सम्मान प्रदान गरेका हुन् ।

उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयको आयोजना तथा नेपाल उद्योग वाणिज्य महासंघको सहकार्यमा कार्यक्रम आयोजना गरिएको हो ।

उक्त अवसरमा सरकारले ३० व्यावसायिक कम्पनी तथा संस्थालाई महत्वपूर्ण व्यावसायिक व्यक्ति (सीआईपी) सम्मान प्रदान गरेको हो ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.