विराटनगर किङ्सद्वारा भी–चित्रलाई आधिकारिक मार्केटिङ एजेन्सी नियुक्त

विराटनगर । कोशी प्रदेशको प्रतिनिधित्व गर्ने प्रमुख क्रिकेट फ्रेन्चाइज टिम ‘विराटनगर किङ्स’ले भी–चित्र आफ्नो आधिकारिक मार्केटिङ एजेन्सीको रूपमा नियुक्त गरेको छ । यो स्ट्राटेजिक पार्टनरशिपले ब्रान्डको उपस्थिति अझ बलियो बनाउने, फराकिलो दर्शकसँग संलग्नता बढाउने र समग्र मार्केटिङ पहललाई थप प्रभावकारी बनाउने लक्ष्य राखेको छ ।

आफ्ना इनोभेटिभ स्ट्राटेजी र प्रमाणित ट्रयाक रेकर्डका लागि परिचित भी–चित्र, डिजिटल मार्केटिङ, ब्राण्ड विकास, दर्शक संलग्नता र पीआर व्यवस्थापनमा सशक्त अनुभव राख्ने एक स्थापित मार्केटिङ एजेन्सी हो जसले अब विराटनगर किङ्सको सम्पूर्ण मार्केटिङ र सञ्चार प्रयासको जिम्मेवारी सम्हाल्नेछ ।

“हामी भी–चित्रसँगको साझेदारीप्रति निकै उत्साहित छौं”, विराटनगर किङ्सका टिम मालिक वेङ्कटेश मुन्द्राले भने, “उहाँहरूको सिर्जनात्मक सोच र रणनीति हाम्रो दीर्घकालीन दृष्टिकोणसँग पूर्ण रूपमा मेल खान्छ । यो सहकार्यले हाम्रो उपस्थिति थप मजबुत बनाउने र समर्थक तथा समुदायसँग हाम्रो सम्बन्धलाई थप गहिरो बनाउनेमा हामी विश्वस्त छौँ ।”

भी–चित्रका प्रबन्ध निर्देशक शेखर क्षेत्रीले विराटनगर किङ्सको आधिकारिक मार्केटिङ एजेन्सी बन्न पाउनु हाम्रो लागि गर्वको विषय रहेको बताए । विराटनगर किङ्स र भी–चित्र बीचको यो साझेदारीले नेपाल प्रिमियर लिगको आगामी सिजनमा इनोभेटिभ क्याम्पेन र दर्शकसँग बलियो संलग्नताको नयाँ अध्याय सुरु गर्ने संकेत दिएको छ ।

विराटनगर किंग्सको बारेमाः
बिराटनगर किंग्स नेपाल प्रिमियर लिगमा नेपालको कोशी प्रदेशको प्रतिनिधित्व गर्ने क्रिकेट फ्रान्चाइज हो । बिराटनगर किंग्सको लक्ष्य स्थानीय प्रतिभा प्रदर्शन गर्नु, खेलभावना प्रवद्र्धन गर्नु र प्रशंसकहरू र कम्युनिटीसँग संलग्न हुनु हो, जसले कोशी प्रदेशको गौरव बढाउने लक्ष्य राखेको छ ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.