एनआईसी एशिया बैंकका सञ्चालक रामचन्द्र संघई नेपाल सरकारबाट सम्मानित

काठमाडौं । एनआईसी एशिया बैंकका सञ्चालक रामचन्द्र संघई नेपाल सरकारले प्रदान गर्ने महत्वपूर्ण व्यवसायिक व्यक्ति (सीआईपी) बाट सम्मानित भएका छन् ।

मुलुकको वाणिज्य क्षेत्र, निर्यात तथा समग्र अर्थतन्त्रमा विशेष योगदान पु¥याएको भन्दै नेपाल सरकारले गत असार ३२ गते उनलाई सम्मान गरेको हो । नेपाल सरकारले मुलुकको अर्थतन्त्र तथा वाणिज्य क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने विशेष व्यक्तिलाई सम्मान प्रदान गर्दै आएको छ ।

मुलुकको आर्थिक विकासमा विशेष योगदान गरी नेपाल सरकारले प्रदान गर्ने सीआईपी जस्तो महत्वपूर्ण सम्मानबाट सम्मानित भएकोमा सञ्चालक संघईप्रति बैंकले बधाई तथा शुभकामना व्यक्त गरेको छ ।

 

 

You might also like
Ram Tulasi Palpa

Comments are closed.