काठमाडौं । नेपाल युवा उद्यमी मञ्च (एनवाईईएफ)को नयाँ कार्यसमिति निर्वाचित भएको छ । शुक्रबार सम्पन्न २१औं साधारणसभाले वर्ष २०२५/२६ का लागि सुदिप घिमिरेको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति निर्वाचित भएको हो ।
मञ्चको निवर्तमान अध्यक्ष कुशल सुन्दर श्रेष्ठ पदेन सदस्य रहनेछन् । मञ्चको प्रथम उपाध्यक्षमा आभूषण ज्योति कंसाकार, द्वितीय उपाध्यक्षमा निविता प्रधान, महिला उपाध्यक्षमा ऋचा श्रेष्ठ निर्वाचित भएका छन् ।
त्यस्तै कार्यसमिति सदस्यहरूमा कृष्ण सापकोटा, पवित्र वहादुर गौतम, विलाशा श्रेष्ठ, युनेशराज श्रेष्ठ, सुविन श्रेष्ठ र अभिमन्यु गोल्छा निर्वाचित भएका छन् ।
मञ्चले विगतका उपलव्धिहरूको समिक्षा गर्दै आगामी वर्षका योजनाहरूको खाका पनि सार्वजनिक गरेको छ । नवनिर्वाचित अध्यक्ष घिमिरेले युवा उद्यमशीलताको क्षेत्रमा सक्रियताका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
नवनिर्वाचित अध्यक्ष घिमिरे एसजी ग्रुपका कार्यकारी निर्देशक हुन् । ऊर्जा, उत्पादन, व्यापार र वित्त क्षेत्रहरूमा क्रियाशील यो समूह नेपालको स्थापित व्यावसायिक घराना हो । घिमिरेले सन् २०१९ मै एनवाईईएफ सुनसरी च्याप्टरको अध्यक्ष भएर काम गरिसकेका छन् । सन् २०२० देखि राष्ट्रिय कार्यकारिणी परिषदमा कार्यसमिति सदस्य छन् ।
Comments are closed.