पोखरा । पोखरा–४ गैह्रापाटमा अवस्थित कुमुदिनी होम्स विद्यालयमा उत्प्रेरणामूलक कार्यक्रम भएको छ । आईतबार कक्षा ११ का विद्यार्थीलाई स्वागत र उत्प्रेरणा जगाउने उद्धेश्यले उत्प्रेरणामूलक कार्यक्रम गरिएको हो ।
विद्यालयका संस्थापक अध्यक्ष अशोक पालिखेले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि र भविष्यमा सफल व्यक्ति उत्प्रेरणाका कार्यक्रमहरु निरन्तर गर्दै आएको बताए । “विद्यार्थी पनि हाम्रा छोराछोरी हुन्, उनीहरुको शिक्षाका लागि हामीलाई सुम्पिनु भएको छ, अब हाम्रो दायित्व उनीहरुको पढाइसंगै अतिरिक्त कार्यक्रममा अब्बल बनाउनु हो, यसमा हामी कुनै कन्जुस्याई गर्दैनौँ” पालिखेले भने ।
२०८१ को माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सलीना खत्रीले ४ जिपिएसहित ६३ विद्यार्थीले उत्कृष्ट नजिता हासिल गरेकोमा उनले विद्यार्थी, अभिभावक, शिक्षक सबैलाई आभार व्यक्त गरे । सलीनालाई १ लाख १ हजारसहित स्वर्ण पदकले विशेष समारोहमा सम्मान गरिने उनले जानकारी दिए ।
अभिभावक, विद्यार्थी, शिक्षकलाई लक्षित गरेर कार्यक्रम आयोजना गरिएको हो । उत्प्रेरक डा. रविन कटवालले द सेक्रेट अफ सक्सेस् अर्थात् सफलताका रहस्यका बारेमा सहजीकरण गर्दै ज्ञान जस्तो ठूलो कुरा अरु नभएकाले हामी सबैको पहिलो सर्त भनेको शिक्षा नै रहेको बताए । यो मेहनत गरेर सिकाइको लगाव राखेर आर्जन गरिने चिज भएकाले मेहनतका श्रृङ्खलाहरु चढिरहन उनले सुझाव दिए ।
“सफलता प्राप्तिका लागि विद्यार्थीले नेपाली कला, संस्कार, संस्कृति जान्न आवश्यक छ, तपाईहरु भाग्यमानि हुनुहुन्छ, यो विद्यालय कला, संस्कार, संस्कृति, वातावरणको संरक्षण र प्रवद्र्धनका लागि अगाडि रहेको छ, यो त यहाँ रहेको कलात्मक संरचना, २÷३ वर्ष पूराना झ्याल ढोकाहरु र भक्तपुरे ईंटाको प्रयोटबाटै प्रष्ट भइसकेको छ” उनले भने ।
कार्यक्रममा एसइईमा ४ जिपिए ल्याउने सलिनासहित उर्तीण विद्यार्थीलाई सम्मान र कक्षा ११ मा भर्ना भएका विद्याथी, अध्यापनका लागि आएका नयाँ शिक्षक डा. झपेन्द्र अधिकारी, शुवास शर्मा र सचिन सुवेदीलाई स्वागत गरिएको विद्यालयले जनाएको छ । सो कार्यक्रमको अवसरमा कक्षा ११ का विद्यार्थीले स्वागत नृत्य प्रस्तुत गरेका थिए ।
कार्यक्रममा व्यवस्थापन, होटल व्यवस्थापनतर्फका विभागीय प्रमुख विकास ढुंगानाले व्यवस्थापन, विज्ञानतर्फका संयोजक कृष्ण अधिकारीले विज्ञान विषय र यसका आयाम तथा विद्यार्थीले पालना गर्नुपर्ने सम्बन्धमा जानकारी गराए ।
विद्यालय व्वस्थापन समिति सदस्य सरस्वती प्रतिक्षाले टिनएजबाट पार हुन लागेका अहिलेका विद्यार्थी सूचना र सञ्चारका सामग्रीबाट टाढा रहन नसक्ने भएकाले पढाइको अवधिभर प्रयोगमा ल्याउन कडाई गर्नुपर्ने र सुरक्षित व्यवस्थापनको खाँचो रहेको बताइन् ।
मिस नेपाल आस्मा केसी, सहप्राचार्य मुकेश अधिकारी, शिक्षक र पाहुनालाई गणित शिक्षक मनबहादुर भुजेलले समापन गरेका हुन् । कक्षा १२ का विद्यार्थी अर्जुन विकले स्वागत गरेको कार्यक्रमको सञ्चालन शिक्षक उमेश रेग्मीले गरेका हुन् ।
Comments are closed.