रामपुर (पाल्पा) । पाल्पाको रामपुर नगरपालिकाले विभिन्न घटनाबाट पीडित परिवारलाई आर्थिक सहयोग गरेको छ । आर्थिक वर्ष २०८१/०८२ मा १२० जनालाई रु २६ लाख ४ हजार ३०० बराबरको राहत रकम उपलब्ध गराएको नगरपालिकाले जनाएको छ ।
विभिन्न दुर्घटनामा परेर मृत्यु भएका र गरिब विपन्न परिवारका सदस्यको मृत्यु हुँदा काजक्रिया खर्च, बिरामीलाई उपचार खर्च, आगलागी, हावाहुरी, बाढीपहिरोबाट प्रभावित भई घरबासविहिन भएका नागरिकलाई राहत स्वरुप आर्थिक सहयोग गरेको नगर प्रमुख रमणबहादुर थापाले जानकारी दिए ।
अभिभावकविहिन बालबालिका र न्युन आयस्तर भएका बालबालिकालाई विद्यालय शिक्षा र पोषणका लागि सहयोग गरिएको नगर प्रमुख थापा बताउँछन् । नगरपालिका कार्यालयबाट विपद्मा परेका नगरबासीलाई राहत पुगोस् भन्ने हेतुले आर्थिक सहयोग गरिएको हो ।
नगरपालिकाले मौसमजन्य विपद् बाढिपहिरो, आगलागी, विभिन्न दुर्घटना, बिरामी, काजक्रिया खर्च आर्थिक सहयोग प्रदान गर्दै आइरहेको छ ।
Comments are closed.