एन आई सी एशिया बैंकका ग्राहकलाई एएसजी आई केयर एण्ड हेल्थ सर्भिसमा छुट

काठमाडौं । एन आई सी एशिया बैंक र एएसजी आई केयर एण्ड हेल्थ सर्भिस प्रालि बीच सम्झौता भएको छ । बैंकका ग्राहकको आँखा उपचार सेवामा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा सम्झौता गरिएको छ ।

बैंकका ग्राहकले एएसजी आई केयर एण्ड हेल्थ सर्भिसमा आँखा उपचार सेवा लिई डिजिटल भुक्तानी गर्दा विभिन्न सेवामा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने सम्झौता पत्रमा उल्लेख छ ।

ग्राहकले Surgery Procedures मा १५ प्रतिशत वा बढीमा १० हजार रुपैयाँसम्म, Minor Investigation र Optical/lens मा १० प्रतिशतको छुटका साथै पहिलो पटक सेवा लिनेले ओपीडी शुल्क र दर्ता शुल्कमा पूर्ण छुटको सुविधा लिन सकिनेछ । सो सुविधाको उपभोग गर्न ग्राहकले एन आई सी एशिया बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्नेछ ।

देशभरका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा सशक्त रुपमा डिजिटल भुक्तानीको पहुँच विस्तार गर्ने उद्देश्य रहेको बैंकले जनाएको छ । एएसजी आई केयर एण्ड हेल्थ सर्भिससँगको यस सहकार्यले ग्राहकको स्वास्थ्य उपचार र मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गर्न सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

 

You might also like
Ram Tulasi Palpa

Comments are closed.