असारमा २ हजार ९२२ सडक दुर्घटना

काठमाडौं । असार महिनामा देशभर २ हजार ९२२ वटा सडक दुर्घटना भएको पाइएको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सडक दुर्घटनामा ४ हजार ४२८ सवारी साधन परेका हुन् ।

कुल सवारी दुर्घटनामा आधाभन्दा धेरै मोटरसाइकल रहेका छन् । असारमा ४ हजार ४२८ सवारी दुर्घटनामा पर्दा मोटरसाइकल मात्रै २ हजार ५०५ वटा रहेका छन् । यो कुल दुर्घटनाको ५६.५७ प्रतिशत हो ।

त्यस्तै, असारमा १९६ बस, ७९४ जिप, कार, माइक्रो, २८६ ट्रक, ट्यांकर, ट्रिपर, ११४ ट्रयाक्टर, २४९ ट्याम्पु, २६२ शारीरिक शक्तिबाट चल्ने सवारी, ९ डोजर, लोडर र १३ वटा अन्य सवारी साधन दुर्घटनामा परेको प्रहरीको तथ्याङ्क छ ।

सवारी दुर्घटना हुनुको मुख्य कारण चालकको लापरबाही देखिन्छ । तीव्र गतिमा सवारी चलाउँदा १४५०, मादक पदार्थ सेवन (मापसे) गरेर गाडी चलाउँदा १८८ र बाटो काट्दा १४३ दुर्घटना भएको छ ।

असारमा सडक दुर्घटनामा परी २३९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १८६ पुरुष, ३६ महिला, १२ बालक र ५ बालिका रहेका छन् । त्यस्तै, दुर्घटनामा ६२५ जना गम्भीर घाइते र ३ हजार ४९१ जना सामान्य घाइते भएका छन् ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.