गार्डियन माईक्रो लाईफ इन्स्योरेन्सको बिजनेश मिट सम्पन्न

काठमाडौं । गार्डियन माईक्रो लाईफ इन्स्योरेन्स लि.को बिजनेश मिट पोखरामा सम्पन्न भएको छ । उक्त कार्यक्रममा देशभरबाट १ सयभन्दा बढी कर्मचारी, तथा अभिकर्ताहरुको उपस्थिती थियो । उक्त कार्यक्रम बीमा प्राधिकरण गण्डकी प्रदेश पोखराका प्रमुख शम्भु मिश्र तथा कम्पनिका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीले संयुक्त रुपमा उदघाटन गरेका थिए । उदघाटन सत्रमा बोल्दै प्राधिकरण प्रदेश प्रमुख मिश्रले न्युन आए भएका बीमाक्षेत्रको पहुंच नभएका परिवारलाई पुर्णरुपमा डिजिटिलाईजेसनको माध्यमबाट सेवा प्रवाहगर्न गरेको प्रयासको प्रशंसा गरेका थिए साथै कम्पनिको भावि प्रगतिकोलागि शुभकामना ब्यक्त गरेका थिए ।

त्यसै गरि कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत भण्डारीले गार्डियन माईक्रो लाईफ इन्स्योरेन्स बिशुद्ध पेपर लेस सेवा प्रवाह गर्ने नेपालकै पहिलो ईन्स्योन्स कम्पनी रहेको बताएका थिए । उक्त कार्यक्रमको सहजिकरण कम्पनिका सहायक महाप्रवन्धक कैलाश देवकोटाले  गरेका थिए  भने कम्पनिका कर्मचारी तथा अभिकर्ताहरुलाई कम्पनिका नायव प्रमुख कार्यकारी अधिकृत ज्योती प्रकाश पाण्डे कम्पनीका ब्यवस्थापन समुहका बिभिन्न बिभागका बिभागिय प्रमुखहरु सुनिता कोईराला, दिलिप शर्मा, समीर खरेल, र श्री जिवन राईले प्रशिक्षिण दिएका थिए । साथै उक्त कार्यक्रममा बीमा क्षेत्रमै पहिलो Artificial Intelligence (AI) सम्बन्धी विशेष तालिम पनि प्रदान गएिको थियो सो तालिम प्रशिक्षिक  अपुर्व नेपालले प्रदान गरेका थिए ।

उक्त कार्यक्रममा देशै भरिका उत्कृष्ट ब्यवसाय गर्ने अभिकर्ता तथा कर्मचारीहरुलाई कम्पनिले सम्मान गरेको थियो । कार्यक्रम श्रावण ८ देखि १० गते सम्म टिका रिसोर्ट पोखरा लेकसाईडमा जहां पनि जहिले पनि वीमा सेवा भन्ने मुल नाराका साथ कार्यक्रम सम्पन्न भएको ब्यहोरा कम्पनीका मार्केटिङ चिफ दिलिप शर्माले बताए ।

कम्पनीले स्थापनाको छोटो समयमै आ.व. २०८१/२०८२ को मसान्त सम्म कम्पनिले देशैभर २६ वटा शाखा तथा उपशाखाबाट ११ लाख ५० हजार वीमितबाट प्रथम वीमा शुल्क रु. ३० करोड ८३ लाख संकलन गर्न सफल रहेको छ । स्मरण रहोस गार्डियन माईक्रो लाइफ ईन्स्योन्स कम्पनि देशकै पहिलो लघुवीमा कम्पनि हो ।

You might also like

Comments are closed.