काठमाडौं । किङ फुड्स प्रालिले ‘मिठास टुकुचे १४०१’ उच्च गुणस्तरीय बासमती चामल सार्वजनिक गरेको छ । लामो दानाको बासमती चामल ‘मिठास टुकुचे १४०१’ को किङ फुड्सले औपचारिक घोषणा गरेको हो ।
उत्तरी भारतको हरियाणाबाट प्रत्यक्ष रूपमा आयात गरिएको यो १४०१ स्टिम बासमती चामल उत्कृष्ट वासना, लामो दाना र विशेष स्वादमा उपलब्ध छ । नेपाली परिकारमा यसको स्वादले नयाँ उचाइ दिन्छ । जुन विशेष अवसर तथा दैनिकी दुवैका लागि उपयुक्त छ ।
मिठास टुकुचे १४०१ अहिले देशभरका भाटभटेनी सुपरमार्केट स्टोरमा १ किलो, ५ किलो र २० किलोमा उपलब्ध छ । साथै नजिकको थोक बजारमा पनि पाइन्छ । निकट भविष्यमा मेट्रोमार्ट र बिगमार्टमा पनि यो चामल उपलब्ध हुनेछ ।
किङ फुड्स प्रालिले ‘मिठास’ र ‘महारानी’ जस्ता लोकप्रिय बासमती ब्राण्डहरू वितरण गर्दै आएको छ । नेपाली बजारमा शुद्ध, भरपर्दो तथा गुणस्तरीय चामल आपूर्ति गर्दै आएको १५ वर्ष लामो यात्रामा आफ्नो विश्वास र गुणस्तर स्थापित गरिसकेको छ ।
Comments are closed.