उद्यमशीलता इकोसिस्टमको विकासमा जोड दिँदै नेपाल उद्यमशीलता फोरम सम्पन्न

काठमाडौं । किङ्स कलेजद्वारा आयोजित नेपाल उद्यमशीलता फोरम आज सामाजिक उद्यमशीलता सम्बन्धी विभिन्न विषयहरूमा छलफल गर्दै सम्पन्न भएको छ ।

“टुवर्डस् सस्टेनेवल आन्टरप्रिनरशिप इकोसिस्टम” भन्ने मूल नारासहितको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलनले नेपाल र विदेशका ५०० भन्दा बढी उद्यमी, विचार नेताहरू, अनुसन्धानकर्ता, नीतिनिर्माता, शिक्षक तथा विद्यार्थीहरूलाई एकै मञ्चमा ल्याएको थियो ।
शैक्षिक दृष्टिकोण र व्यवहारिक अनुभवलाई एकआपसमा जोड्दै उद्यमशीलताको विविध पक्षमा अर्थपूर्ण संवाद एवं छलफलहरू गर्न सम्मेलन सफल भएको बताइएको छ ।

“दुई दिनको अवधिमा नेपाल उद्यमशीलता फोरम २०२५ दिगो व्यवसाय, प्रविधि नवप्रवर्तन, र समावेशी बृद्धिका नयाँ विचार तथा ज्ञानहरू बाँड्ने सक्रिय मञ्च बन्यो,” सम्मेलन संयोजक सगुन बाबा श्रेष्ठले भनिन््, “यो केवल छलफलमा सीमित भएन । बरु सरोकारवाला र अभ्यासहर्ताहरुबिच बास्तविक र बलियो सम्बन्धहरू निर्माण गर्दै सबैलाई नेपालको उद्यमशील भविष्यलाई थप सशक्त र लचिलो बनाउने प्रेरणा दियो।”

विभिन्न प्यानल छलफलहरूमा आर्थिक स्वतन्त्रता, समावेशी शिक्षा, जलवायु (स्मार्ट अभ्यास, मार्गदर्शन (मेन्टोरशिप), नीतिगत सुधार, तथा सार्वजनिक–निजी साझेदारीजस्ता विषयमा गहिरो विमर्श गरिएको थियो ।

नवप्रवर्तन, अर्थतन्त्र, समुदाय, समावेशिता र विकाससँग सम्बन्धित सामाजिक उद्यमशीलताका विभिन्न पक्षमा केन्द्रित छलफलहरूपछि उद्यमशीलताको अवधारणामा नाफा, उद्देश्य, र वातावरणीय जिम्मेवारी कसरी समाहित गर्न सकिन्छ भन्ने विषयमा सम्मेलन केन्द्रित थियो ।

किङ्स कलेजका अनुसार, यो सम्मेलन सन् २०१६ मा आयोजित अन्तर्राष्ट्रिय सामाजिक उद्यमशीलता सम्मेलनदेखि हालसम्मको यात्रा बीचको विशेष उपलब्धिको रूपमा चिनिएको छ ।

 

You might also like

Comments are closed.