सीएफमोटो एमटी ४५० नयाँ ग्राफिक्सको अपग्रेड मोडल नाइमा एक्स्पोमा सार्वजनिक हुँदै

छोटो अवधिमै नेपाली एड्भेन्चर बाइक पारखीको ड्रिम बाइक बन्न सफल

काठमाडौं । नाइमा नेपाल मोबिलिटी एक्स्पो, २०२५ मा सीएफमोटो एमटी ४५० नयाँ ग्राफिक्स सहितको अपग्रेड मोडल सार्वजनिक गरिने भएको छ । आगामी साउन २१ देखि सुरु हुने सो एक्स्पोमा नयाँ ग्राफिक्स सहितको मोडलका साथै सीएफमोटोको नयाँ नेकेड सेगमेन्टको बाइक ३००एनकेको औपचारिक लञ्च गर्ने तयारी भइरहेको छ ।

प्रिमियम फिचरले सजिएको एमटी ४५० अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त एक मजुवत एड्भेन्चर मोटरसाइकल हो । यस मोटरसाइकललाई नेपाली बजारमा रिलायन्स ग्रुप अन्तर्गनको ऋषि ट्रेड सेन्टरले बिक्री गर्दै आएको छ । पछिल्लो समय नेपालको प्रिमियम एड्भेन्चर मोटरसाइकल सेग्मेन्टमा मार्केट लिडर बन्न सफल भएको छ ।

सीएफ मोटोको प्रिमियम मोटरसाइकल एमटी ४५० नेपाल भित्रिएको १ वर्ष पुरा भएको छ । १ वर्षको अवधिमा १५० युनिट भन्दा बढी एमटी ४५० बिक्री भइसकेको छ । यसको माग बढिरहेको कम्पनीका महाप्रबन्धक उज्ज्वल जोशीले जानकारी दिए । उनका अनुसार एमटी ४५० लाई अफरोड पर्फमेन्सबारे जानकार राइडरले खोजी–खोजी लिने गरेका छन् ।

गत नाडा अटो शोमार्फत एमटी४५० को बिक्री सुरुवात गरिएको हो । छोटो अवधिमै नेपाली एड्भेन्चर बाइक पारखीको ड्रिम बाइक बन्न सफल भएको छ । एमटी ४५० सँगको एड्भेन्चर राइडलाई उत्साह प्रदान गर्ने उद्देश्यले गत वैशाखमा ऋषि ट्रेड सेन्टरले अपर मुस्ताङसम्मको यात्रा सम्पन्न गरेको थियो ।

नेपाल, भारत र चीनबाट १ दर्जन बढी राइडरमा सहभागीले १ हजार किलोमिटर बढी यात्रा गरेका थिए । चालु आर्थिक वर्षमा कम्पनीले नेपाली बजारमा २५० युनिट भन्दा बढी बिक्री गर्ने लक्ष्य लिएको बताएको छ । कम्पनीले गतवर्षको नाडा अटो शोमार्फत बिक्री सुरु गरिएको थियो ।

यस्तो छ मोटरसाइकल
सीएफ मोटो एमटी ४५० मा ४४९.५ सीसीको बलियो, लिक्विड कुल्ड, प्यारलल–ट्विन अथवा डुअल सिलिन्डर इन्जिन जडान गरिएको छ । जसले ४४ एचपी पावर र ४४ एनएम टर्क जेनेरेट गर्छ । सीएफमोटोले ४५० एमटीलाई सुरक्षा र उत्कृष्ट सुविधाले सुसज्जित गरेको छ । बाइकमा पूर्ण रूपमा डिजिटल ६ इन्च फराकिलो टीएफटी डिस्प्ले छ ।

मोटरसाइकलमा आकर्षक डिजाइन र कार्यक्षमताको उत्कृष्ट संयोजन रहेको छ । यसमा बोस ट्रयाक्सन कन्ट्रोल सिस्टम, फोल्डेबल रियर–भ्यू मिरर्स, एडजस्ट गर्न मिल्ने विन्डशिल्ड र केवाईबी सस्पेन्सन रहेको छ ।

बाइकमा एर्गोनोमिकली डिजाइन गरिएको सिट छ । बाइकको विन्डस्क्रिनले हावाको प्रतिरोध घटाएर लामो यात्रामा थकान कम गर्छ । १७ लिटरको ठूलो फ्युल ट्यांकले रिफ्युलिङ बिना नै लामो दूरी यात्रा गर्न सम्भव बनाउँछ ।

बाइकको २२० एमएम ग्राउन्ड क्लियरेन्सका साथै फ्रन्ट टायरको टेलिस्कोपिक फोर्क र पछाडिको टायरको मोनोशकले जस्तोसुकै भूभागमा पनि आरामदायी यात्रा सुनिश्चित गर्छ । एड्भेन्चर सेग्मेन्टमा सबैभन्दा पावरफुल मानिने यस मोटरसाइकलको मुल्य १२ लाख ५० हजार रुपैयाँ पर्छ ।

You might also like

Comments are closed.