यामाहा नेपालको वार्षिक डिलर मिट सम्पन्न, उत्कृष्ट डिलर सम्मानित

काठमाडौं । यामाहा नेपालले वार्षिक डिलर मिट, २०२५ आयोजना गरेको छ । ‘ब्लुराइज वी राइज एज वान’ भन्ने नाराका साथ मिट सम्पन्न भएको छ ।

कार्यक्रममा नेपालभरिका ९० बढी डिलर, यामाहा टिमका सदस्य तथा संबद्ध निकायका प्रतिनिधिहरु सहभागी थिए । पहिलो दिन सेल्स र मोटिभेसनमा केन्द्रीत रहेर आयोजना गरिएको कार्यक्रममा सौरभ लोहनीले सेल्स एण्ड बिजनेस ट्रेनिङ्ग सम्बन्धी सहजीकरण गरेका हुन् ।

दोस्रो दिन यामाहा ब्राण्डको सामूहिक शक्ति र एकता झल्काउने जस्ता विषयमा छलफल भएको छ । एमएडब्लु राइड्सका कार्यकारी निर्देशक दीपक कुमार अग्रवालले डिलरलाई उत्कृष्ट प्रदर्शनका लागि बधाई दिँदै कम्पनीका सबै विभागले निर्धारित वार्षिक लक्ष्य पूरा गरेकोमा प्रशंसा गरेका छन् ।

विभिन्न विभागले आर्थिक वर्ष ०८१/०८२ को समग्र गतिविधि र उपलब्धिको समीक्षा एवम् आगामी वर्षको रणनीतिक योजना समेटेर आ–आफ्ना प्रस्तुति दिएका थिए । सो अवसरमा MT-15 V2 को आइस स्टोर्म र FZ-S V3 को आइस फ्लुओ भर्मीलिओन नामक दुई नयाँ र आकर्षक कलर भेरियन्टको पनि अनावरण गरिएको छ ।

एमएडब्लु सोलिडारिटी फन्ड अन्तर्गत फन्ड समिति सदस्य तथा चितवनका डिलर प्रतिनिधि केजीएस ट्रेडिङ्ग कन्सर्न, महेन्द्रनगरलाई एक सोलिडारिटी चेक प्रदान गरिएको जनाइएको छ । गत वर्षको बाढीले केजीएसको वर्कशप र भौतिक संरचनामा भएको गम्भीर क्षतिको सन्दर्भमा गरिएको यस सहयोगले सङ्कटका समयमा आफ्ना साझेदारप्रति यामाहाको बलियो साथ रहेको जनाइएको छ ।

नेपाल क्रिकेट संघका सचिव तथा बागमती प्रदेश क्रिकेट संघका अध्यक्ष पारस खड्का र एमएडब्लु राइड्स प्रालिका अध्यक्ष विष्णुकुमार अग्रवालले यामाहाको साझा दृष्टिकोण, एकतामा आधारित कम्युनिटी निर्माणको महत्त्व र आगामी आर्थिक वर्षमा आफ्ना डिलर नेटवर्कलाई सशक्त साथ दिने प्रतिबद्धता जनाए ।

कार्यक्रममा A0, A1, A2 र A3 श्रेणीका उत्कृष्ट डिलरलाई सम्मान गरिएको छ । साथै ड्रिम टार्गेट प्राप्त गर्ने र बिशिष्ट प्रदर्शन गर्ने सहभागीलाई पुरस्कार प्रदान गरिएको छ । कार्यक्रममा यामाहा मोटर इण्डिया ग्रुपका चेयरम्यान इतारु ओटानी, वाईएमआईएसका उपाध्यक्ष महेन्द्र प्रताप र डीजीएम बिपिन सिंह लगायत सहभागी थिए ।

एमएडब्लु राइड्स अन्तर्गतको यामाहा नेपालले अत्याधुनिक प्रविधि, बलियो आफ्टर सेल्स सर्भिस र फैलिँदो डिलर नेटवर्क मार्फत नेपालमा दुईपांग्रे सवारीको क्षेत्रलाई निरन्तर नेतृत्व दिइरहेको छ । दैनिक उपयोग गर्न स्कुटरदेखि थ्रिल खोज्नेका लागि मोटरसाइकलसम्म यामाहाले नेपाली ग्राहकलाई उत्कृष्ट भ्यालु र राइड अनुभव प्रदान गरिरहेको छ ।

You might also like

Comments are closed.