बनेपा । कजारियाले बनेपामा नयाँ शोरुम सुरु गरेको छ । उच्च गुणस्तरका टायलको बढ्दो मागलाई पूरा गर्ने लक्ष्यका साथ बनेपा मार्भल प्यालेसद्वारा शोरुम सञ्चालन गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि बनेपा नगरपालिका प्रमुख शान्ति रत्न शाक्यले शोरुमको उद्घाटन गरेका हुन् । नगर प्रमुख शाक्यले कजारियाको नयाँ शोरुमले हाम्रो क्षेत्रमा बढ्दो सम्भावनाको प्रतिबिम्ब देखाउने र स्थानीय समुदायको गुणस्तरीय पूर्वाधार तथा डिजाइन आवश्यकतामा महत्वपूर्ण योगदान पु¥याउने बताए ।
कजारिया रमेश टाइल्स लिमिटेडका राष्ट्रिय सेल्स प्रबन्धक अभ्यास भुषण तिवारीले व्यवसायको सफलताको कामना गरो छन् । बनेपाको प्रमुख क्षेत्र उग्रचण्डी पेट्रोल पम्प पछाडि अवस्थित यो नयाँ शोरुमले प्रिमियम टायलको विस्तृत संग्रह प्रदान गर्दछ ।
यसको विस्तारसँगै, कजारिया उच्च गुणस्तर र डिजाइनका नयाँ मापदण्डहरू सेट गर्ने आफ्नो मिशनलाई निरन्तर अघि बढाउँदै नेपालका निर्माण सामग्रीको क्षेत्रमा आफ्नो नेतृत्वलाई बलियो बनाउदै लैजानेछ । प्रिमियम टाइल्सलाई नेपालभर सहजै उपलब्ध गराउने आफ्नो लक्ष्यलाई निरन्तरता दिँदै यो शोरुमको शुभारम्भ कजारियाको लागि महत्वपूर्ण उपलब्धि हो ।
कजारिया रामेश टाइल्सले नेपालकै सबैभन्दा ठूलो टाइल उत्पादन प्लान्ट स्थापना गरेर नेपालको टायल उद्योगमा नयाँ कीर्तिमान स्थापित गरेको छ । विश्वस्तरीय मापदण्ड अनुसार तयार गरी अत्याधुनिक प्रविधिद्वारा निर्मित काजारिया रामेश टाइल्स लिमिटेडले ३ हजार भन्दा बढी विशेष डिजाइन विकल्पहरू प्रस्तुत गर्दछ ।
नेपालभर ४५ भन्दा बढी एक्सक्लुसिभ शोरूमहरू र १०० भन्दा बढी भरपर्दो डिलरको बढ्दो नेटवर्कको साथ कजारिया प्रिमियम टाइल्सको क्षेत्रमा एक परिचित नाम बन्न सफल भएको छ । कजारियाले विभिन्न प्रकारका ग्लेज्ड भिट्रीफाइड टाइल्स, हेभी ड्युटी ग्लेज्ड भिट्रीफाइड टाइल्स र सिरामिक वाल टाइल्स उपलब्ध गराउँछ ।यी सबै टायलहरू जलप्रतिरोधी तथा दाग प्रतिरोधी छन् ।
कुनै पनि स्थानका लागि उत्कृष्ट टिकाउपन र दीर्घकालीन प्रदर्शन सुनिश्चित गर्दछ । गुणस्तर, टिकाउपन र नविन डिजाइनमा केन्द्रित रहँदै कजारिया नेपालमा लक्जरी जीवनशैलीको नयाँ मापदण्ड स्थापित गर्दै अघि बढिरहेको छ ।
Comments are closed.