दरमखोला हाइड्रोको आईपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं । दरमखोला हाइड्रो इनर्जी लिमिटेडको सर्वसाधारणका लागि निष्काशन गरिएको आईपीओ भर्ने आज साउन १९ गते अन्तिम दिन हो। कम्पनीले साउन १५ गतेदेखि सर्वसाधारणलाई प्राथमिक सेयर (IPO) बिक्री खुला गरेको हो ।

कम्पनीले कुल २४ लाख २३ हजार १ सय ८५ कित्ता सेयर निष्काशन गरेको छ। इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । यस आईपीओको बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ।

यसअघि दरमखोला हाइड्रोले आयोजना प्रभावित स्थानीयबासी तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई सेयर निष्काशन गरिसकेको छ। कम्पनीले हाल बागलुङको गलकोट नगरपालिका–११ मा ९.६ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ।

You might also like

Comments are closed.