एनएमबि बैंकको सहयोगमा गण्डकीको मानवसेवा आश्रमलाई सोलार सामग्री हस्तान्तरण

पोखरा । एनएमबि बैंकले गण्डकी प्रदेशको मानवसेवा आश्रमलाई सोलारजन्य सामग्री सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत एक हजार लिटरको सोलार साथै सोलार बत्ति एक कार्यक्रम आयोजना गरी आश्रमलाई हस्तान्तरण गरेको हो ।

बैंकको तर्फबाट संस्थापक शेयरधनी, प्रमुख कार्यकारी अधिकृत, वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत लगायतले मानव सेवा आश्रमलाई सोलार सामग्री हस्तान्तरण गरेका हुन् । बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरेको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापा रहेका हुन् ।

मन्त्री थापाले परोपकार कार्यमा सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले गरेको यो कार्य अत्यन्त राम्रो रहेको बताए । मानवसेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले संस्थालाई सम्झेर गरेको यस सहयोगप्रति बैंक परिवारलाई धन्यवाद दिए ।

वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुदेश उपाध्याय, मानवसेवा आश्रमका महासचिव सुशीला केसी (रूपा) एवं रिटेल तथा साना व्यवसाय प्रमुख गणेश पराजुली, एनएमबि बैंकका प्रदेश प्रमुख दुर्गाराम पुरी लगायतको सहभागीतामा हस्तान्तरण गरिएको हो ।

एनएमबि बैंकले दिगो विकासलाई प्राथमिकता दिँदै यस वर्षको साउन महिनालाई ‘ग्रिन मन्थ’ को रूपमा मनाइरहेको छ । सोही अभियानअन्तर्गत दिगो कार्यको एक हिस्साको रूपमा यो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न भएको हो । बैंकले यस्तै किसिमका अन्य कार्यक्रम पनि अन्य प्रदेशमा सञ्चालन गरिरहेको छ ।

 

 

You might also like

Comments are closed.