काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेड र एमएन अस्पताल काठमाडौंबीच एक समझदारी भएको छ । बैंकका ग्राहकलाई थप सुविधा प्रदान गर्ने उद्देश्यले काठमाडौंको बसुन्धरामा रहेको एमएन अस्पतालसँग विशेष छुट गर्ने गरी व्यवसायिक सम्झौता गरिएको हो ।
यस व्यवसायिक सम्झौता पश्चात् मुक्तिनाथ विकास बैंकका ग्राहकले एमएन अस्पतालबाट प्रदान हुने विभिन्न सेवाहरु जस्तैः अपरेसन, प्रयोगशाला, एक्स–रे, औषधीमा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । यस सहयोगले ग्राहकलाई गुणस्तरीय स्वास्थ्य सेवा सरल, सुलभ रुपमा प्राप्त हुने विश्वास बैंकले लिएको छ ।
बैंकले आगामी दिनमा पनि आफ्ना ग्राहकको हितमा यस्ता सेवामूलक साझेदारहरू विस्तार गर्दै लैजाने प्रतिबद्धता जनाएको छ । हालै मोवाइल एक फाइदा अनेक लिन सक्ने मुक्तिनाथ फाइदा एप सञ्चालनमा ल्याउनुको साथै अन्तरदेशीय क्यूआर भुक्तानी सेवा पनि सञ्चालनमा ल्याएको छ ।
मोबाइल बैंकिङ, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा लगायतका अन्य कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको छ ।
Comments are closed.