पोखरा । पोखराको पालिखेचोकमा रहेको प्रतिभा माध्यमिक विद्यालयबाट कक्षा १२ को परीक्षा दिएका विद्यार्थीले उत्कृष्ट नजिता प्राप्त गरेका छन् ।
राष्ट्रिय परीक्षा बोर्डद्वारा २०८२ सालको वैशाख महिनामा सञ्चालित कक्षा १२ को बोर्ड परीक्षामा प्रतिभाका विद्यार्थीले राम्रो सफलता प्राप्त गरेका छन् । विद्यालयका ९ जना विद्यार्थीले देशकै उच्चतम ३.९६ जिपिए प्राप्त गरेका छन् ।
यससँगै २ सय २३ जनाले ३.६१ देखि माथिको जिपिए ल्याएका छन् । ३ सय २५ जनाले ३.२१ देखि ३.६० जिपिएसम्म ल्याउन सफल भए । १ सय ५१ जनाले २.८१ देखि ३.२० जिपिए ल्याएका छन् । २१ जनाले २.४१ देखि २.८० जिपिएसम्म अंक प्राप्त गरेका छन् ।
विद्यालयले यो उपलब्धिलाई निरन्तर शैक्षिक उत्कृष्टताको प्रमाणका रूपमा लिएको छ। प्रतिभाबाट कक्षा १२ मा सहभागी विद्यार्थीले ल्याएको उत्कृष्ट नतिजाले आफूहरुलाई गौरवान्वित महसुस गराएको अध्यक्ष नारायण पौडेलले बताए । ‘हामीले उत्कृष्ट शैक्षिक वातावरणमा पठनपाठनको व्यवस्था गरेका छौं,’ उनले भने, ‘हाम्रो शैक्षिक वातावरणलाई यहाँबाट परीक्षामा सहभागी विद्यार्थीको नतिजाले पनि पुष्टि गरिसकेको छ ।’
विद्यालय प्रशासनले मेहनती विद्यार्थीहरू, समर्पित शिक्षक–कर्मचारी, अभिभावक तथा शुभेच्छुकहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै आगामी दिनमा अझ उत्कृष्ट परिणाम ल्याउने प्रतिबद्धता जनाएको छ । यो सफलता निरन्तर मेहनत, दृढ संकल्प र गुणस्तरीय शिक्षण पद्धतिको परिणाम भएको प्रिन्सिपल किरण सापकोटा बताउँछन् । ‘विद्यार्थीले नेपालकै उत्कृष्ट नतिजा ल्याउन सफल हुँदा निकै हर्षित महसुस भएको छ,’ उनले भने, ‘आगामी दिनमा पनि यस्तै उत्कृष्ट नतिजाका लागि हामी निरन्तर मेहनत गरिरहन्छौं ।’
Comments are closed.