मोबिलिटी क्षेत्रलाई व्यवस्थित बनाउन सरकारले निरन्तर काम गरिरहेको छ : अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मोबिलिटी क्षेत्रलाई थप व्यवस्थित बनाउनका लागि सरकारले निरन्तर काम गरिरहेको बताएका छन् ।

नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एशोसिएसन (नाइमा) ले आयोजना गरेको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’को उद्घाटन कार्यक्रममा अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् । उनले सरकारले सडक निर्माण गर्दा गुणस्तरमा पनि जोड दिइरहेको बताउँदै चालु आर्थिक वर्षको बजेटमा नै पनि सडकको गुणस्तर सुनिश्चित गर्ने उल्लेख गरिएको बताए ।

उनले स्थापना भएको पहिलो वर्षमै नाइमाले अटो शो गरेर आफ्नो स्थापनाको औचित्य पुष्टि गरेको समेत उल्लेख गरे । उनले सडक पुर्वाधार सरकारको उच्च प्राथमिकताको विषय रहेको बताए ।

‘आजको दुनियाँ कनेक्टिभिटिको दुनियाँ हो । कनेक्टिभिटिको विभिन्न विधा मध्ये सडक सञ्जाल एक विधा हो’ उनले भने ‘ यस क्षेत्रलाई हामीले महत्वका साथ हेर्नुपर्छ भनेर सरकारले काम गरिरहेको छ ।’

 

 

 

You might also like

Comments are closed.