कामना सेवा विकास बैंकका ग्राहकलाई स्काइवाक नेपालमा २५ प्रतिशत छुट

काठमाडौं । कामना सेवा विकास बैंकले कमलादी, काठमाडौंस्थित स्काइवाक नेपालसँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ ।

सम्झौता अन्तर्गत बैंकका ग्राहक तथा कर्मचारीले  स्काइवाक नेपालको टिकट रकममा २५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । सो छुट सम्बन्धी सम्झौतामा बैंकका तर्फबाट काठमाडौं क्षेत्र प्रमुख केदारनाथ शर्मा र स्काइवाक नेपालका विभागीय प्रमुख दुष्यन्त ठाकुरले हस्ताक्षर गरेका छन् ।

बैंकको ग्राहकले बैंकसँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध व्यक्तिले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

You might also like

Comments are closed.