काठमाडौं । गोगोरो स्कुटरको नेपालका लागि आधिकारिक पार्टनर नेब्युलाइनर्जीले नेपालमै पहिलो पटक विद्युतीय दुईपांग्रे सवारीका लागि बाइब्याक ग्यारेन्टी कार्यक्रम सुरु गरेको छ ।
यस कार्यक्रमले ग्राहकलाई थप भरोसा दिलाउँदै नेपाली बजारमा ब्राण्डको दीर्घकालीन प्रतिबद्धता पनि देखाएको छ । यस कार्यक्रममार्फत गोगोरो नेपालमा निश्चित resale value दिने पहिलो विद्युतीय दुईपांग्रे सवारी ब्राण्ड बनेको छ ।
यो कार्यक्रम साउन १९ गतेदेखि आधिकारिक रूपमा लागू भएको छ । यस अन्तर्गत गोगोरोले अब आफ्ना स्मार्ट स्कुटर किन्नेलाई ढुक्क बनाउने गरी ५ वर्ष वा ४० हजार किलोमिटर (जुनपहिले पुग्छ) अवधिभित्र रु १ लाखको बाइब्याक भ्यालु ग्यारेण्टी गर्नेछ । विद्युतीय सवारी साधन (ईभी) प्रयोगकर्ताको मुख्य चिन्ता भनेको ब्याट्री बिग्रँदै जानु हो, जसले resale value घटाउँछ । तर गोगोरोले यस समस्याको समाधान ब्याट्री स्वापिङ प्रविधिबाट गरेको छ ।
परम्परागत ईभीहरुमा ब्याट्री सवारी धनीकै हुन्छ भने गोगोरोमा ग्राहकले ब्याट्री किन्ने होइन, बरु गोगोरोद्वारा नै सञ्चालित ब्याट्री swap station मा swap गर्ने हो । यसकै परिणामस्वरूप गोगोरो बाइब्याक ग्यारेण्टी दिन सक्ने स्थितिमा पुगेको छ । नेपालको विद्युतीय यातायात बजारमा भरोसा र दीर्घकालीन मूल्यको नयाँ मापदण्ड स्थापना गरेको छ ।
गोगोरो नेपालको यातायातको भविष्य रहेको नेब्युलाइनर्जीका जनरल म्यानेजर चिरञ्जीवी शाहले बताए । “सुरुदेखि नै हामीले गरेको लगानीले यही प्रतिबद्धता झल्काउँदै आएको छ, हामीले काठमाडौंभर ४५ वटा ब्याट्री स्वापिङ स्टेसनको नेटवर्क निर्माण गरेपछि मात्र सेवा सञ्चालन सुरु गरेका थियौं, आज हामी त्यो प्रतिबद्धतालाई अझ अगाडि बढाउँदैछौं” उनले भने ।
नाइमामा विशेष अफरहरू
दशैं अफरको सुरुवात : नाइमामा गोगोरोले दशैं विशेष स्किम पनि घोषणा गर्दैछ, जसमा ब्याट्री स्वाप प्रणालीमा आउन चाहने ग्राहकलाई आकर्षक छुट र थप सुविधाहरू दिइनेछ ।
ब्याट्री स्वापलाइभ डेमो : आगन्तुकले गोगोरोको छिटो, सजिलो र अत्याधुनिक ब्याट्री स्वाप प्रविधि प्रत्यक्ष रूपमा अवलोकन र अनुभव गर्न सक्नेछन् ।
अप्टिमाइज गरिएको स्वाप स्टेशनप्रदर्शन : गोगोरोको काठमाडौंभरका ४५ वटा स्वाप स्टेसनलाई अब अझ छिटो सेवा दिन र भरपर्दो बनाउन अप्टिमाइज गरिएको छ ।
अपग्रेड गरिएको जेको स्कुटर प्रदर्शन : यहाँहरू हालसालै अपग्रेड गरिएको जेको स्कुटरको सुरुमै अवलोकन गर्नेमध्ये मापन सकिनेछ । अपग्रेड गरेपछि यो पहिलो पटक सार्वजनिक रुपमा प्रदर्शन हुँदैछ ।
गोगोरोले पूर्वाधारमा गरेको लगानी, ग्राहक केन्द्रित प्रविधि, ब्याट्रीमा जीवनभर ग्यारेन्टी र long–term value assurance (दीर्घकालीन मूल्य आश्वासन) सहितको बलियो संयोजनमार्फत् नेपालमा विद्युतीय यातायातको क्षेत्रमा नयाँ बेन्चमार्क बनाइरहेको छ ।
Comments are closed.