काठमाडौं । फोटोन टोटल केयरले मेगा मनसुन सर्भिस क्याम्प सुरू गर्ने तयारी गरेको छ । एमएडब्लु वृद्धिसँगको साझेदारीमा आउँदो साउन २५ देखि सर्भिस क्याम्प सञ्चालन हुनेछ ।
फोटोन सवारीधनीले सुरक्षित र ढुक्कको यात्राका लागि वर्षायामका चुनौतीको सामना गर्न गाडीको आवश्यक मर्मत सम्भार गर्न सक्नेछन् भने विशेष छुट र थप सेवाहरू समेत सर्भिस क्याम्पमा पाउनेछन् । मेगा मनसुन सर्भिस क्याम्पको मुख्य आकर्षण भनेको फोटोन सवारीमा हुने बम्परदेखि बम्परसम्मको निःशुल्क चेकजाँच हो ।
यो बम्परदेखि बम्परसम्मको चेकजाँचले सबै फोटोन सवारीधनीलाई फाइदा पु¥याउँछ । किनभने यसमार्फत गाडीको सम्पूर्ण अवस्था परीक्षण गरिन्छ । गाडी ठीकसँग काम गरिरहेको छ कि छैन र सुरक्षाको दृष्टिले उपयुक्त छ कि छैन भनेर गाडीका मेकानिकल, इलेक्ट्रिक र स्ट्रक्चरल भागको प्रत्यक्ष निरीक्षण हुनेछ ।
ग्राहकले निःशुल्क वास र ग्रिजीङ सेवा पनि प्राप्त गर्नेछन् । मनसुनको मौसममा गाडीलाई खिया लाग्नबाट जोगाउनुका साथै चलायमान भागको दीर्घायु र दक्षता कायम राख्न मद्दत पु¥याउँछ । साथै, यस मेगा मनसुन सर्भिस क्याम्पमा स्पेयर पाट्र्स, लेबर चार्ज र लुब्रिकेन्टमा १५ प्रतिशत छुट पनि उपलब्ध छ ।
ग्राहकले यी अफरको लाभ उठाएर आफ्नो गाडीको लामो आयु बढाउन, अकस्मात बिग्रने सम्भावना घटाउन, यात्रालाई अझ सुरक्षित र ढुक्क बनाउन सकिनेछ । यो सर्भिस क्याम्प नेपालभरि फोटोनका ट्रक, भ्यान र अन्य कमर्सियल गाडीका लागि मात्र उपलब्ध हुनेछ । इच्छुक ग्राहकले ९८०२३६७५०१ वा ९८५१४१७१२२ मा फोन गरेर अग्रिम बुकिङ गर्न सकिनेछ ।
Comments are closed.