एमजी फोरको नयाँ अर्वान मोडल सार्वजनिक

काठमाडौं । एमजी फोरको नयाँ अर्वान मोडल सार्वजनिक भएको छ । चीनमा बिक्री सुरु भएको एमजी फोरमा ३ ब्याट्री अप्सन रहने भएको हो । अहिले सार्वजनिक भएको नयाँ एमजी फोरमा ४२.८ र ५३.९ किलोवाट आवरको लिथियम आइरन फस्फेट ब्याट्री दिएको छ ।

अर्को सेमी सोलिड स्टेट ब्याट्रीको साइज बाहिर आएको छैन । कम्पनीले सेप्टेम्बरमा मात्रै सेमी सोलिड स्टेट ब्याट्री भएको मोडल बजारमा ल्याउने भएको हो । रोचक कुरा के छ भने एमजीको दावी अनुसार १०.४ किलोवाट आवर ब्याट्री खपत गरेर १०० किलोमिटर चल्ने गरी एमजी फोर बजारमा आएको छ ।

साथै, ३० देखि ८० प्रतिशत चार्ज गर्न केबल २० मिनेट मात्रै लाग्ने छ । चिनियाँ स्पेक १२० किलोवाट क्षमताको मोटर र २५० न्यूटन मिटर टर्क जेनेरेट गर्छ । नयाँ एमजी फोरको साइज पनि बढेर आएको छ । यसको लम्बाइ ४३९५ एमएम, चौडाइ १८४२ एमएम र उचाइ १५५१ एमएम छ । यसमा २७५० एमएम लामो ह्वीलवेस दिएको छ ।

एमजीले ‘सेल टु बडी’ टेक्नोलोजी प्रयोग गरेर बनाएको एमजी फोर निकै फराकिलो छ । ‘आइपी ६९ के’ वाटर प्रुफ स्टायण्डर्ड भएको ब्याट्रीले विभिन्न टेस्ट पुरा गरेको छ । पानारोमिक सनरुफ, २७ डिग्रीसम्म ढल्काउन मिल्ने पछाडिको सिट, विभिन्न ३० स्थानमा स्टोरेज, ४७१ लिटरको बुट स्पेस, १५.६ इन्चको २.५ फ्लोटिङ टचस्कृन छ । यसमा क्वालकमको स्न्यापड्रागन ८१५५ चीप प्रयोग गरिएको छ ।

रिमोट पार्किङ, वाकिङ टु ड्राइभिङ नेभिगेसन, एआई भ्वाइस कमाण्ड, एडास फिचर उपलब्ध कार चीनमा केबल १० हजार अमेरिकी डलर मूल्य राखेर बिक्री सुरु भएको हो । चीनमा यसले बुकिङ खुला गरेको २४ घन्टा भित्रै ११ हजार ६७ यूनिट बुकिङ पाएको कम्पनीले जनाएको छ ।

 

 

You might also like

Comments are closed.