काठमाडौं । नेपाल राष्ट्र बैंकले गाडी आयात सम्बन्धी व्यवस्था संशोधन गरेको छ । राष्ट्र बैंकले बिहीबार बैंक तथा वित्तीय संस्थालाई एकीकृत निर्देशन जारी गर्दै युरो–६ मापदण्ड बाहेकका गाडी ल्याउन रोक लगाएको हो ।
राष्ट्र बैंकले विदेशी विनिमय सम्बन्धी निर्देशनमा संशोधन गर्दै ‘नेपाल सवारी साधन प्रदूषण मापदण्ड २०८२’मा तोके बाहेकका सवारी आयातमा रोक लगाएको हो । ‘रिकण्डिसन, प्रयोग भइसकेको वा नेपाल सवारी साधन प्रदूषण मापदण्ड, २०८२ भित्र नपर्ने सवारी वा ढुवानीलगायत अन्य साधनहरू पैठारी गर्न पाइने छैन,’ राष्ट्र बैंकले निर्देशनमा भनेको छ ।
वन तथा वातावरण मन्त्रालयले गत असार ९ गतेदेखि दुईपाँग्रेमा युरो ५ र चारपाँग्रे सवारी साधनमा युरो ६ मापदण्ड लागू गरेको थियो । राष्ट्र बैंकले यसअघि नेपाल सवारी प्रदूषण मापदण्ड, २०६९ अनुसारका गाडी आयातमा अनुमति दिँदै आएको थियो ।
Comments are closed.