काठमाडौं । कामना सेवा विकास बैंकले काठमाडौं, बसुन्धारास्थित महेन्द्र नारायण निधी मेमोरियल अस्पतालसँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ ।
सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकलाई अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा १५ प्रतिशतसम्म छुट दिइने गरी समझदारी भएको छ । बैंकका ग्राहकले बैंकसँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ ।
सो छुट सम्बन्धी सम्झौतामा बैंकका तर्फबाट काठमाडौं क्षेत्र प्रमुख केदारनाथ शर्मा र महेन्द्र नारायण निधी मेमोरियल अस्पतालका अध्यक्ष कपिल ज्ञवालीले हस्ताक्षर गरेका हुन् । यस सम्झौताबाट बैंकसँग आबद्ध ग्राहकले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।
Comments are closed.