काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले अर्थतन्त्र चलायमान बनाउन छिटो लाभांश वितरणको नीति अघि सारेका छन् ।
विगत लामो समयदेखि मन्दीमा रहेको अर्थतन्त्रलाई चलायमान बनाउन बैंक तथा वित्तीय संस्थाकातर्फबाट भूमिका खेल्ने लक्ष्यसहित छिटो लाभांश वितरण नीति अघि सारेका हुन् । उनले अघिल्लो साता बैंक तथा वित्तीय संस्थाहरूका प्रमुख कार्यकारी अधिकृतहरूसँग छलफल गर्दै छिटो लाभांश वितरण गर्न प्रोत्साहन गरेका छन् ।
भेटमा वाणिज्य बैंकका सीईओहरुसँग गभर्नर पौडेलले समयमा नै लाभांश वितरण गर्न आग्रह गरे । गभर्नर पौडेलले अघिल्लो साता बैंकका प्रमुख कार्यकारीहरूसँग छलफल गरेका थिए । मुख्यगरी तीन विषयमा छलफल गर्ने गरी सीईओलाई भेट्दै उनले आर्थिक वर्ष २०८२/८३ का लागि जारी गरेको मौद्रिक नीतिका विषयमा छलफल गरेका छन् ।
यस्तै, दोस्रो वित्तीय क्षेत्र विकास रणनीति र बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनको प्रस्तावित परिमार्जनलगायतका विषयमा छलफल गरेका हुन् । यसैक्रममा गभर्नर पौडेलले बजारमा देखिएको मन्दीका विषयमा पनि सजग हुनुपर्ने बताए ।
Comments are closed.